6 years ago
December 2, 2018
एजेन्सी – विश्व फुटबलको प्रतिष्ठित अवार्ड ब्यालोन डी’ओर उपाधि सोमबार फ्रान्सको राजधानी पेरिसमा प्रदान गरिनेछ । यसअघि नै ३० खेलाडीको मनोनयन सार्वजनिक भएपनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका क्रोएसियाका मोड्रीचलाई उपाधिको दावेदार मानिएको छ ।
फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् । त्यसपछि इंग्लिस क्लब लिभरपुलबाट सबैभन्दा धेरै ४ खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन् ।
त्यसपछि बार्सिलोना, एट्लेटिको मड्रिड र पीएसजीबाट समान ३ खेलाडी मनोनयनमा पर्न सफल भएका छन् । इंग्लिस क्लब चेल्सी, म्यानेचस्टर सिटी, टोटेनहम र इटालियन क्लब युभेन्टसबाट समान दुई मनोनयनमा पर्न सफल हुदा म्यानचेस्टर युनाइटेडबाट एक खेलाडी अन्तिम ३० मा पर्न सफल भएका छन् ।
विश्व फुटबलको प्रतिष्ठित अवार्ड सन् १९५६ देखि बर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गरिदै आएको छ । २००७ मा ब्राजिली काकाले यो अवार्ड जितेयता लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबचि प्रतिस्पर्धा हुदै आएको छ । यि दुई खेलाडीले पछिल्लो १० वर्षमा समान ५–५ पटक यो अवार्ड जितेका छन् । अवार्ड समारोह डिसेम्बर ३ मा पेरिसमा आयोजना हुनेछ । यसपटकदेखि महिलाको अवार्ड समेत वितरण गरिदैछ ।
मनोनयनमा परेका खेलाडीहरु:
ग्यारेथ बेल (रियाल म्याड्रिड/वेल्स)
करिम बेन्जेमा (रियाल म्याड्रिड/फ्रान्स)
थिवाउट कोर्टुवा (रियाल म्याड्रिड/बेल्जियम)
इस्को (रियाल म्याड्रिड/स्पेन)
सर्जियो रामोस (रियाल म्याड्रिड/स्पेन)
मार्सेलो (रियाल म्याड्रिड/ब्राजिल)
लुका मोड्रिच (रियाल म्याड्रिड/क्रोएसिया)
राफेल भरान (रियाल म्याड्रिड/फ्रान्स)
एलिसन बेकर (लिभरपुल/ब्राजिल)
रोबर्टाे फिर्मिनो (लिभरपुल/ब्राजिल)
साडियो माने (लिभरपुल/सेनेगल)
मोहम्मद सलाह (लिभरपुल/इजिप्ट)
नेयमार (पीएसजी/ब्राजिल)
केलियन एमबाप्पे (पीएसजी/फ्रान्स)
एडिन्सन काभानी (पीएसजी/उरुग्वे)
लियोनेल मेस्सी (बार्सिलोना/अर्जेन्टिना)
इभान राकिटिक (बार्सिलोना/क्रोएसिया)
लुइस स्वारेज (बार्सिलोना/उरुग्वे)
डिएगो गोडिन (एट्लेटिको मड्रिड/उरुग्वे)
एन्टोइन ग्रिजमन (एट्लेटिको मड्रिड/फ्रान्स)
जान ओब्लाक (एट्लेटिको मड्रिड/स्लोभेनिया)
इडेन हाजार्ड (चेल्सी/बेल्जियम)
एङ्गोलो कान्टे (चेल्सी/फ्रान्स)
सर्जियो अगुएरो (म्यानचेस्टर सिटी/अर्जेन्टिना)
केभिन डि ब्रुएन (म्यानचेस्टर सिटी/बेल्जियम)
क्रिस्टियानो रोनाल्डो (युभन्टस/पोर्चुगल)
मारियो म्यान्जुकिच (युभेन्टस/क्रोएसिया)
ह्यारी केन (टोटेनहम/इंग्ल्यान्ड)
ह्युगो लोरिस (टोटेनहम/फ्रान्स)
पल पोग्बा (म्यानचेस्टर युनाइटेड/फ्रान्स)
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]