default_image

6 years ago

December 2, 2018

आर्सनल र चेल्सीको सहज जित

75 views

0 Bookmark

लन्डन (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आइतबार सम्पन्न लन्डन डर्बीमा चेल्सी र आर्सनलले जित दर्ता गरेका छन् । चेल्सीले घरेलु मैदानमा फुलहममाथि २–० को जित दर्ता गर्दा आर्सनलले पाहुना टोटेनहम हट्सपरलाई ४-२ ले पराजित गर्यो । चेल्सीको जितमा पेड्रो र रुबेन लोफ्टस चेकले गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । पिएर एमेरिक औबामेयाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १० औं मिनेटमा अग्रता दिलाएका थिए । तर ३० औं मिनेटमा एरिक डायरले क्रिस्टियन एरिक्सनको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरी गोल गरेको चार मिनेटमा नै टोटेनहमले अग्रता लियो । ह्युङ मिन सनलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ह्यारी केनले पेनाल्टीलाई गोलमा परिणत गर्दै पाहुना टोलीलाई अगाडी पुर्याए । पहिलो हाफमा टोटेनहम २-१ को अग्रतामा थियो ।

दोस्रो हाफमा आर्सनलले ३ गोल थप्यो । ५६ औं मिनेटमा आरोन राम्जीको पासलाई औबामेयाङले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा सुन्दर नियन्त्रण गर्दै गोलमा परिणत गरे । ७५ औं मिनेटमा एलेक्जेन्डर लाकाजेटले राम्जीकै पासमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको फितलो प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।

खेलमा अगाडी बढेको दुई मिनेटपछि नै आर्सनलले अग्रता दोब्बर पार्यो । लुकास टोरेराले औबामेयाङको पासलाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे । खेलको ५ मिनेट समय बाँकी हुँदा स्पर्स १० खेलाडीमा समेटीयो । टोटेनहमका यान भर्टोन्घन दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । यस जितसँगै आर्सनलले गोलअन्तरमा टोटेनहमलाई पछाडी पार्दै चौथो स्थानमा उक्लिएको छ । दुवै टोलीको १४ खेलमा ३० अंक रहेको छ ।

त्यसअघि चेल्सीको जितमा पेड्रो रोड्रीग्वेज र रुबेन लोफ्टस चेकले १-१ गोल गरे । पेड्रोले चौथो मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ओलिभर जिरुडले पहिलो हाफमै अग्रतालाई दोब्बर पार्ने मौका पाएका थिए । तर फुलहमका गोलपिकरले सफल हुन दिएनन् ।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका चेकले ८ मिनेट बाँकी रहँदा इडेन हाजार्डको पासमा गोल गर्दै चेल्सीको जित निश्चित गरेका थिए । १४ खेलपछि चेल्सीको ३१ अंक पुगेको छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ । ८ अंकसहित फुलह्याम अंक तालिकाको पुछारमा छ ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.