6 years ago
December 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एनआईबीएल फ्रेन्ड्स क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ आइतबार भएको खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३-० ले पराजित गर्यो ।
एनआईबीएल फ्रेन्ड्स क्लब
फ्रेन्ड्सका लागि खेलको पहिलो गोल विदेशी खेलाडी फोफानाले गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो । अग्रता लिएको केहि मिनेटमा नै फ्रेन्ड्सले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । प्रेजेन तामाङको प्रहार गोलरक्षकले सहजै बचाए ।
फ्रेन्ड्सले ८३ औं मिनेटमा अग्रता बढायो । सन्जोग महर्जनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार टप कर्नरमा छिरेको थियो । खेलको ९० औं मिनेटमा सर्वोत्तम तुलाधरले मछिन्द्रको लागि गोल फर्काउने अवसर प्राप्त गरेपनि ६ यार्ड बक्सनजिकबाट उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।
इन्ज्युरी समयको पाँचौ मिनेटमा फ्रेन्ड्सले ३-० को अग्रता लियो । प्रेजेन तामाङले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा छँदा दिएको पासलाई अनिल महर्जनले सहजै गोल गरे ।
फ्रेन्ड्सको यो लिगमा पहिलो जित हो । पछिल्लो खेलमा बराबरी खेलेको फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ । यता मछिन्द्र भन्दा लगातार तेस्रो हारसँगै २ अंकमा नै सिमित छ ।
फ्रेन्ड्सका फोफाना र मछिन्द्रका अन्जन देवकोटा
फ्रेन्ड्सका जीवन गुरुङको प्रहार रोक्ने प्रयासमा मछिन्द्रका संजय राजवाहक
मछिन्द्र क्लब
फ्रेन्ड्सका फोफाना सट प्रहार गर्दै
मछिन्द्रका गोलरक्षक दिप कार्की
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]