default_image

6 years ago

December 3, 2018

युभेन्टसमा रोनाल्डोले गरे ६० वर्षे कीर्तिमान बराबरी

54 views

0 Bookmark

टुरिन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत युभेन्ट्सले शनिबार फिओरेन्टिनालाई हराउँदै युभेन्टसले अंक तालिकाको शिर्षस्थानमा ११ अंकको अग्रता बनायो। 

ronaldo

यो जितमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गरे। मारियो मान्जुकीचले दिएको क्रसलाई फिओरेन्टिनाका डिफेन्डर भिटोर ह्युगोले हातले रोकेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ति गरेनन् ।

युभेन्टसका लागि १४ औं खेलमा १० गोल गर्न सफल रोनाल्डोले ६० वर्ष पुरानो कीर्तिमान बराबरी गरेका हुन्। सिजनको सुरुआतमा थोरै खेलमा १० गोल गर्ने युभेन्टस खेलाडीको नाममा वेल्शका पूर्व खेलाडी जोन चार्ल्समात्र थिए। सन् १९५७ मा १४ खेलमा उनले १० गोल गरेका थिए। यस्तै रोनाल्डोले फिओरेन्टिना विरुद्धको खेलमा १० गोल गर्दा उनको त्यो १४ औं खेल थियो।

त्यस गोल संगै रोनाल्डोले सिरी ए को शिर्ष गोल कर्ताका रुपमा जेनोआका क्रिस्टोफ पियाटेककोसँग पनि बराबरी गरे। रोनाल्डोले सन् २०१८ मा ३२ लिग गोल गरेका छन् । यो नै यस वर्षको सर्वाधिक गोल संख्या हो । उनलाई मेसीले २८ गोलमा पछ्याईरहेका छन् ।

March 13, 2025

नाटकीय पेनाल्टीमा‌ जित निकाल्दै रियल क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको‌ छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]

March 13, 2025

आर्सनल र भिल्ला च्याम्पियन्स लिगको‌ अन्तिम आठमा

एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले‌ बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]

March 13, 2025

डर्टमण्ड च्याम्पियन्स लिगको‌ क्वाटरफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]

Success

Thank you for your time.