default_image

6 years ago

December 2, 2018

म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण बराबरी

61 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर युनाइटेडले रेलिगेसन क्षेत्रको साउथह्याम्पटनसँग २-२ को बराबरी खेलेको छ । खेलको सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो ।

घरेलु मैदान सेन्ट मेरिजमा साउथह्याम्पटनले खेलको १३ औं मिनेटमा गोल गरेको थियो । युनाइटेडको डिफेन्समा तालमेल नमिलेको फाइदा उठाउँदै आर्मस्ट्र्ङले माइकल ओबाफेमीको पासलाई सदुपयोग गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटमा नै साउथह्याम्पटनले अग्रता दोब्बर पार्यो । सेड्रिक सोआरेसले उत्कृष्ट फ्रिकिक गोल गर्दै आफ्नो सयौं खेललाई यादगार बनाए ।

तर युनाइटेडले पहिलो हाफमा नै खेल बराबरीमा ल्यायो । ३३ औं मिनेटमा मार्कस रासफर्डले दिएको पासमा रोमेलु लुकाकुले गोल गर्दै आफ्नो गोलको खडेरी तोडे । त्यसको ६ मिनेटपछि रासफर्डले नै अर्को गोलको अवसर सिर्जना गरे । उनले ३ डिफेन्डरलाई छलाउँदै दिएको पासलाई आन्देर हरेराले सहजै गोलमा परिणत गरे ।

दोस्रो हाफमा कुनै गोल हुन नसक्दा खेल २-२ को बराबरीमा टुंगियो । यस बराबरीसँगै साउथह्याम्पटन प्रिमियर लिग अन्तर्गत घरेलु मैदानमा जित दर्ता गर्न एक्लो टोली पनि बनेको छ । घरेलु मैदानमा खेलेका ७ खेलमा साउथह्याम्पटनले ५ बराबरी र २ हार बेहोरेको छ ।

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.