default_image

6 years ago

December 2, 2018

रियलले भ्यालेन्सियालाई हरायो

49 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै शीर्षस्थानसँग दुरी घटाएको छ ।

घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले पहिलो गोल उपहार पायो । भ्यालेन्सियाका ड्यानीएल वासले आठौं मिनेटमा आत्मघाती गोल गरेपछि रियल अगाडी बढेको थियो । वासले ड्यानी कार्भाजलको क्रसलाई क्लियर गर्न खोज्दा उनको हेडर आफ्नै पोस्टमा छिरेको थियो । त्यसअघि ग्यारेथ बेलको प्रहारलाई गोलरक्षक लुइस नेटोले छेक्दा रिबाउन्डमा बेन्जेमाले गोल गर्ने अवसर चुकाएका थिए ।

रियलले खेलमा पकड जमाएपनि दोस्रो गोल थप्न निकै संघर्ष गर्नुपर्यो । खेलको ७ मिनेट समय बाँकी हुँदा रियलले लुकास भाज्केज्को गोलमा अग्रता दोब्बर पार्यो । एसेन्सियोले फिनिस गर्न नसकेको बललाई बेन्जेमाले भाज्केजलाई पास दिएपछि उनले गोलरक्षकलाई बिट गर्दै गोल गरेका थिए । त्यसअघि पनि ग्यारेथ बेलको स्थानमा मैदान आएका एसेन्सियोले गोल गर्न चुकेका थिए ।

पछिल्लो खेलमा एइबारविरुद्ध ३-० को हार बेहोरेपछि निकै दबाबमा रहेका म्याड्रिड प्रशिक्षक सान्टियागो सोलारीलाई यस जितले केहि राहत मिलेको छ । रियल १४ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । यो सिजनको सातौं जित हो । शीर्ष स्थानमा सेभिल्लाले १३ खेलमा २६ अंक जोडेको छ ।

शनिबारको अन्य खेलमा रायो भालेकानोले एइबारलाई १-० ले हरायो । सेलता भिगोले हुएस्कालाई २-० तथा गेटाफेले एस्पान्योललाई ३-० ले पराजित गरे । रियल भालाडोलिड घरेलु मैदानमा लेगानेससँग ४-२ ले पराजित भयो ।

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.