6 years ago
December 2, 2018
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत युभेन्ट्सले शनिबार फिओरेन्टिनालाई हराउँदै लिगमा अपराजित यात्रा जारी राखेको छ । अवे मैदानमा ३-० को जितसँगै साविक विजेता युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ ।
नियमित मिडफिल्डर मिरालेम प्यानिच चोटका कारण अनुपस्थित हुँदा उनको स्थानमा खेलिरहेका रोड्रीगो बेनटान्कुरले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । उनले ३१ औं मिनेटमा पाउलो डिबालासँग वन टु पासको सदुपयोग गर्दै पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गरेका थिए ।
दोस्रो हाफमा कप्तान जिओर्जियो किएलिनीले पनि गोलको खडेरी तोडे । ६९ औं मिनेटमा किएलिनीको प्रहारलाई फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले पन्च गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो । किएलिनीको १८ महिनामा पहिलो गोल पनि थियो ।
रोनाल्डोले ७९ औं मिनेटमा लिगको १० औं गोल गरे । युभेका फरवार्ड मारियो मान्जुकीचले दिएको क्रसलाई फिओरेन्टिनाका डिफेन्डर भिटोर ह्युगोले हातले रोकेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ति गरेनन् । रोनाल्डोले टप कर्नरमा गोल गरेपछि खुसियाली मनाउने क्रममा बललाई बाहिर हानेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाएका थिए ।
सिजनको सुरुवातमा रियल छाडेर युभे आएका रोनाल्डो सिरी ए को सर्वाधिक गोलकर्ताको सुचिमा शीर्ष स्थानमा छन् । उनीसँगै जेनोआका क्रिस्टोफ पियाटेकको पनि १० गोल छ । रोनाल्डोले सन् २०१८ मा ३२ लिग गोल गरेका छन् । यो नै यस वर्षको सर्वाधिक गोल संख्या हो । उनलाई मेसीले २८ गोलमा पछ्याईरहेका छन् ।
शनिबारै भएको लिगको अन्य खेलमा एसपीएएल र एम्पोलीको खेल २-२ को बराबरीमा सकियो । यस्तै साम्पडोरियाले बोलोग्नालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्यो । साम्पडोरियाको जितमा अनुभवी फरवार्ड फाबियो क्वाग्लियारेल्लाले २ गोल गरे ।
युभेले यस जितसँगै १४ खेलमा १३ जित र १ बराबरी सँगै ४० अंक बनाएको छ । दोस्रो स्थानको नेपोलीले १३ खेलमा २९ अंक जोडेको छ । नेपोलीले मंगलबार हुने खेलमा एटलान्टाको सामना गर्दैछ ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]