6 years ago
December 1, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार बर्नमाउथलाई ३-१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले अपराजित यात्रा कायम राखेको छ । सिटीको जितमा बर्नार्डो सिल्भा, रहिम स्टरलिङ र इल्काए गुन्डोगनले १-१ गोल गरे ।
सिटीले बर्नार्डो सिल्भाको १६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । लेरोय सानेको प्रहारलाई बर्नमाउथका गोलरक्षक आस्मीर बेगोभिचले विफल पारेपछि रिबाउन्डमा सिल्भाले गोल गरे । बर्नमाउथले पहिलो हाफको अन्तिम मिनेटमा बराबरी गोल फर्कायो । साइमन फ्रान्सिसको क्रसमा क्यलम विल्सनले ४४ औं मिनेटमा गोल गरे । विल्सनको शक्तिशाली हेडरलाई सिटीका गोलरक्षक एडरसनले हात लाएपनि विफल पार्न सकेनन् ।
दोस्रो हाफमा सिटीले आक्रमणमा थप जोड दियो । रहिम स्टरलिङले ५७ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता पुन:स्थापना गरे । उनको बर्नमाउथविरुद्ध पछिलो ६ खेलमा आठौं गोल हो । खेल सकिनुभन्दा ११ मिनेट अगाडी जर्मन मिडफिल्डर गुन्डोगनले सिटीको जित पक्का गरे । उनले लेरोय सानेको पासमा गोल गरेका थिए ।
यस जितसँगै सिटीको १४ खेलमा १२ जित र २ बराबरसँगै ३८ अंक भएको छ । दोस्रो स्थानको लिभरपुलले १३ खेल खेल्दै ३३ अंक जोडेको छ । लिभरपुलले आइतबार एभरटनको सामना गर्दैछ ।
लिग अन्तर्गत नै शनिबार अन्य खेलमा वेस्ट ह्याम युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ३–० ले पराजित गर्यो । क्रिस्टल प्यालेसले बर्नलीलाई २–० ले हराउँदा कार्डिफ सिटीले वल्भरह्याम्प्टन वन्डरर्सलाई २–१ ले पाखा लगायो । ब्राइटन एन्ड होभ आल्बियनले हडर्सफिल्ड टाउनलाई २–१ तथा लेस्टर सिटीले वाटफोर्डलाई २–० ले पराजित गरे ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]