6 years ago
December 3, 2018
टुरिन (एजेन्सी)– बालोन डी ओरको यस वर्षको विजेता केहि दिनमा घोषणा हुँदैछ । यसैबीच इटालियन सञ्चारमाध्यमले क्रिस्टियानो रोनाल्डोले यो वर्ष बालोन डी ओर नजित्ने र अवार्ड समारोहमा पनि उनी नजाने समाचार प्रकाशित गरेका छन् ।
सञ्चार माध्यमका अनुसार यो वर्षको बालोन डी ओर रोनाल्डोका पूर्व सहकर्मी रियल म्याड्रिडका लुका मोड्रिचले जित्ने छन् । रोनाल्डो दोस्रो र विश्व कप विजेता फ्रान्सका एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहनेछन् ।
समाचारमा जनाइए अनुसार मनोनयको शीर्ष ३ मा रहेका मध्ये माड्रिच मात्र अवार्ड समारोहमा उपस्थिति हुनेछन् । ग्रिजमन पनि अवार्डमा जाने छैनन् । पेरिसमा डिसेम्बर ४ का दिन अवार्ड विजेताको घोषणा हुनेछ ।
महिलातर्फ अवार्ड ब्राजिलियन मोर्टाले जित्ने छिन् । युवा वर्ष खेलाडीको अवार्ड विश्व कप विजेता फ्रान्सेली टोलीका केलियन एमबाप्पले जित्ने समाचारमा उल्लेख छ ।
विभिन्न संचारमाध्यम यस खबरलाई गम्भीरताका साथ प्रकाशन गरेका छन् । यसअघि फिफाको द बेस्ट अवार्डमा पनि मोड्रीचले अवार्ड जित्ने हुँदा रोनाल्डो सहभागी नहुने खबर प्रकाशित भएको थियो ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]