default_image

6 years ago

December 1, 2018

रिउस र अल्कासेरको गोलमा डर्टमुन्डको जित

91 views

0 Bookmark

एजेन्सी – कप्तान मारको रिउस र पाको अल्कासेरले १-१ गोल गरेपछि जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा बोरुसिया डर्टमुन्डले फ्राईबर्गलाई २-० ले पराजित गरेको छ । यससँगै डर्टमुन्डले शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ ।

घरेलु मैदान सिग्नाल इडुना पार्कमा डर्टमुन्डले कप्तान रिउसको गोलमा अग्रता लिएको थियो । ४० औं मिनेटमा जेडन सान्चोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रिउसले कुनै गल्ति गरेनन् । पछिल्लो समय निकै लयमा रहेमा सान्चोलाई डोमिनिक हाइन्ट्जले लडाएका थिए । त्यसअघि रिउस र मारियो गोट्जेले पाएको अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड पाको अल्कासेरले डर्टमुन्डको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको पहिलो मिनेटमा सान्चो र लुकास पिस्जेकले बनाएको मुभमा अल्कासेरले जारी लिगको दशौँ गोल गरे । उनको यो डर्टमुन्डको जर्सीमा आठौं लिग खेल हो ।

डर्टमुन्डले १३ खेलमा १० जित र ३ बराबरसँगै अपराजित यात्रा कायम गर्दै ३३ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया मोन्चेन्ग्लाडबाकले १२ खेलमा २६ अंक जोडेको छ । साविक विजेता बायर्न १३ खेलमा २४ अंक जोड्दै तेस्रो स्थानमा छ । बायर्नले शनिबारै वेर्डर ब्रेमनलाई २-१ ले परजित गर्यो ।

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.