6 years ago
December 1, 2018
एजेन्सी – स्पेनिस फरवार्ड डेविड भिल्लाले केहि दिन अघिमात्र अमेरिकी क्लब न्यू योर्क सिटी एफसी छाड्ने घोषणा गरेका थिए । भिल्लाले अब जापानी क्लब भिसेल कोबेबाट पूर्व सहकर्मी आन्द्रेस इनिएस्टा र लुकास पोडोल्स्कीसँगै खेल्ने भएका छन् ।
अमेरिकी क्लब न्यू योर्कसँग करार अवधि सकिएलगत्तै ३६ वर्षीय भिल्लाले क्लब छाड्ने निर्णय लिएका थिए । सन्२०१० को विश्वकप विजेता रहेका भिल्लाले सामाजिक संजालमा आफू जापानी क्लब भिसेल कोबे जाने निर्णय सार्वजनिक गरेका हुन् । यसअघि सन्२०१८ मे महिनामा इनिएस्टाले पनि जापानलाई नै आफ्नो गन्तव्य रोजेका थिए ।
भिल्ला र इनिएस्टाले राष्ट्रिय टोलीबाट लामो समय सँगै खेलेका थिए । यसबाहेक सन् २०१० देखि २०१३ सम्म दुवै बार्सिलोनामा सँगै रहेका थिए । यसबीचमा भिल्लाले लिओनेल मेसीसँग आक्रमणमा तालमेल मिलाउँदै बार्सिलोनालाई थुप्रै उपाधि दिलाएका थिए । बार्सिलोनामा यी दुईले लिग उपाधि दुई पटक जितेका थिए । यससँगै च्याम्पियन्स लिग, कोपा डेल रे, यूईएफए सुपर कप र क्लब विश्वकप उपाधि पनि जिताए ।
भिल्ला र इनिएस्टाले राष्ट्रिय टोलीको इतिहासमा नै स्वर्णीम समय व्यतित गर्ने क्रममा स्पेनलाई एक समय अन्तर्राष्ट्रिय फुटबलमा एकल वर्चस्व जमाउन सहयोग पुर्याए । सन् २००८ को युरो उपाधिसँगै सन् २०१० को विश्वकप र सन् २०१२ को युरोसम्म दुवै खेलाडी टोलीका महत्त्वपूर्ण सदस्य थिए । भिल्लाले भने युरो कप एकपटक मात्र जिते । राष्ट्रिय टोलीबाट भिल्ला स्पेनका लागि अझैपनि ५९ गोल सहित सर्वाधिक गोलकर्ता रहेका छन् ।
भिल्लाले अमेरिकी मेजर लिग सकरमा न्यू योर्कका लागि १ सय २६ खेल खेल्दै ८० गोल गरे । उनले न्यू योर्ककै प्रदर्शनमा आधार बनाएर सन् २०१७ मा राष्ट्रिय टोलीमा पुनरागमन पनि गरेका थिए । उनी त्यसअघि तीन वर्ष राष्ट्रिय टोलीमा परेका थिएनन् ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]