6 years ago
December 2, 2018
टुरिन (एजेन्सी)– युभेन्ट्सका मिडफिल्डर ब्लाइस माटुइडीले सहकर्मी सुपरस्टार क्रिस्टियानो रोनाल्डो बालोन डी ओरको हकदार भएको बताएका छन् । पाँच पटक बालोन डी ओर जितिसकेका रोनाल्डोले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
रियलले लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । ३३ वर्षे रोनाल्डो यो सिजनको सुरुवातमा रियलबाट युभेन्ट्स पुगेका थिए । अहिले सहकर्मी मातुडीले रोनाल्डोले छैटौं पटक बालोन डी ओर जित्ने विश्वास गरेका छन् । ‘रोनाल्डो जितका हकदार हुन्,’ उनले भने, ‘उनी जहिले पनि जित्न चाहन्छन् र त्यसले उनलाई फरक पनि देखाउछ ।’
युभेन्ट्स पुगेयता सिरि ‘ए’ का १४ खेलमा १० गोल गरिसकेका रोनाल्डोले ५ गोलमा एसिस्ट गरेका छन् । रोनाल्डोको महत्वपूर्ण उपस्थितिमा युभेन्ट्सले सिरि ‘ए’ मा मजबुत सुरुवात गरेको छ । सिरिएमा ८ अंकको अंग्रतासहित शीर्ष स्थानमा रहेको युभेन्ट्स समूह चरणको अन्तिम खेल अघि नै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको छ ।
यो सिजन च्याम्पियन्स लिगको समूह चरणमा भने युभेन्ट्स रोनाल्डोको पूर्व क्लब म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । त्यसपछि भने टोलीले उच्च प्रदर्शन गर्दै आएको र टोली च्याम्पियन्स लिग जित्न आतुर रहेको माटुइडीले बताएका छन् ।
‘च्याम्पियन्स लिगमा हामीले राम्रो गरिरहेका छौं,’ उनले भने, ‘हामीले केहि राम्रो खेल खेलेका छौं । युनाइटेडसँग मात्र हामीले राम्रो गर्न सकेनौं । त्यो खेलमा हामीले धेरै गोल गर्न पर्ने थियो तर गर्न सकेनौं ।’
March 13, 2025
एजेन्सी – रियल म्याड्रिड नाटकीय पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडलाई ४-२ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा एट्लेटिकोका कोनर गालाघरले दोस्रो लेग सुरु भएको मात्र २७ सेकेन्डमै गोल गर्दै समग्र स्कोर २-२ को बराबरी गरे। पहिलो लेगमा रियल २-१ ले विजयी भएको थियो। तर, अतिरिक्त ३० मिनेटमा कुनै टोलीले विजयी गोल […]
March 13, 2025
एजेन्सी – दुई इंग्लिस टोली आर्सनल र एस्टन भिल्ला फराकिलो जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्। आर्सनलले बुधवार घरेलु मैदानमा पिएसभी आइन्डहोभेनसँग २-२ को बराबरी खेलेका थिए। पहिलो लेगको ७-१ को जितले समग्रमा ९-३ को अग्रतासहित आर्सनलको अन्तिम आठमा पुग्यो । प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो सुरुआती ११ मा व्यापक परिवर्तन गरेका थिए । छैंटौं […]
March 13, 2025
एजेन्सी – बोरुसिया डर्टमण्ड लिलविरुद्ध पुनरागमन जित निकाल्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको । फ्रान्सेली टोली लिलले पाँचौं मिनेटमै अग्रता लिएको थियो । जब जोनाथन डेभिडले पहिलो टचमा ग्रेगर कोबेलको खुट्टाबीचबाट बललाई जाली चुमाए। त्यो गोलले लिललाई समग्रमा २-१ को अग्रता दिलायो, किनकि पहिलो लेग जर्मनीमा १-१ को बराबरीमा सकिएको थियो। तर, धेरै अवसर सिर्जना […]