default_image

6 years ago

November 30, 2018

निरकुमारको दुई गोलमा पुलिसको लगातार जित

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) लाई ३-० ले पराजित गरेको छ । पुलिसको लगातार जितमा निरकुमार राईले दुई गोल गरे ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पुलिसले सुरुवाती समयमै अग्रता लिने अवसर चुकायो । भोला सिलवालको क्रसमा अभिषेक रिजालले खेलको सुरुवाती समयमा हेडरमार्फत गोल गर्न सकेनन् । त्यसपछि एनआरटीले पनि केहि समय पुलिसलाई दबाब दिएको थियो । १६ औं मिनेटमा बालगोपाल साहुखलको प्रहार गोलरक्षक सत्रुघन चौधरीले सहजै रोके ।

पुलिसका लागि वैकल्पिक खेलाडी निरकुमार राईले ४० औं मिनेटमा हेडरमार्फत गोल गरे । अजित भण्डारीले बायाँ विङसबाट गरेको क्रसमा उनले हेडरमार्फत गोल गरेका थिए । उनी मिडफिल्डर दिनेश गुरुङको स्थानमा ३२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा पुलिसले आक्रमण जारी राख्यो । पुलिसका लागि ६६ औं मिनेटमा अभिषेक रिजालले अग्रता दोब्बर पारे । रवी पासवानको लामो पासलाई उनले पहिलो टचमा नै गोलमा परिणत गरे । ७४ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्ने सुन्दर अवसर खेर फाले । पेनाल्टी क्षेत्रभित्र रेजिन सुब्बाले उपलब्ध गराएको पासमा गोलरक्षक मात्र बिट गर्न बाँकी अवस्थामा अनमार्क रहेका तेजको प्रहारले पोस्टको दिशा लिन सकेन ।

एनआरटीले ८१ औं मिनेटमा खेलमा फर्कने अवसर चुकायो । राजेश परियारले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । त्यसको एक मिनेटमै पुलिसले अग्रता बढायो । अभिषेक रिजालको उत्कृष्ट थ्रु बलमा निरकुमार राईले वन भर्सेस वनमा गोल गर्दै पुलिसलाई ३-० ले अगाडी बढाए ।

लगत्तै निरकुमारले ह्याट्रिक गर्ने दुई अवसर पनि पाएका थिए । ८६ औं मिनेटमा रवी पासवानको पासमा उनको प्रहारलाई गोलरक्षक सोजित गुरुङले सहजै बचाए । त्यसको एक मिनेटमै भोला सिलवालको चिप पासमा निरकुमारले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई पनि छलाईसकेको अवस्थामा सट प्रहार गर्न ढिलो गर्दा गोलरक्षकले बल खोसेपछि ह्याट्रिक गर्नबाट चुके । इन्ज्युरी समयको दोस्रो मिनेटमा रवीको क्रसमा अभिषेक रिजालको हेडरले पोस्टको दिशा लिन सकेन ।

यस जितसँगै पुलिसले ५ खेलमा ३ जित, १ बराबरी र १ हारसँगै १० अंक बनाएको छ । पुलिस केहि समयको लागि भएपनि शीर्ष ४ मा उक्लिएको छ । यता एनआरटी लगातार चौथो हारसँगै अंक तालिकाको पुछारमा नै अड्केको छ ।

खेलको भिडियो हेर्न यहाँ थिच्नुहोस्

खेलको तस्बिरहरु :

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.