6 years ago
December 1, 2018
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले लामो समयदेखि डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गर्ने प्रयास गरिरहको छ । पछिल्लो समय खराब प्रदर्शन गरिरहेको म्याड्रिडले एरिक्सनलाई आफ्नो खेलाडी सूचिको शीर्ष स्थानमा राखेको छ ।
ब्यालोन डी’ओर उपाधिका लागि सबैभन्दा बलियो दावेदारको रुपमा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच रहेका छन् । तर विश्वकप पछि रियल म्याड्रिडका लागि भने मोड्रीचको प्रदर्शनमा एकरुपता आउन सकेको छैन । त्यसैले रियलले अर्को ट्रान्सफर विन्डोमा मोड्रीचको उत्तराधिकारीको खोजि थालिसकेको छ । उक्त भूमिकामा एरिक्सन ठिक हुने र एरिक्सन एक स्टार खेलाडी भएकाले पनि रियलको रोजाइमा उनी परेका हुन् ।
३३ वर्षीय मोड्रीच करिअरको अन्त्यतिर पनि पुगेको संकेत क्लबले पाउन थालिसकेको छ । यस्तो अवस्थामा रियलले टोलीमा व्यापक परिवर्तन गर्ने आवश्यकता छ । मोड्रीचले यस पटक ब्यलोन डी ओर उपाधि जित्दै मेसी र रोनाल्डोले पछिल्लो एक दशकदेखि कायम गरेको वर्चस्व तोड्ने अनुमान पनि गरिएको छ । उनलाई फ्रान्सका एन्टोइन ग्रिज्मन, किलियन एमबाप्पे र राफेल भारानले कडा प्रतिस्पर्धा दिने सम्भावना छ ।
मोड्रीच पनि टोटेनहम हट्सपरबाट ३५ मिलियन युरोमा म्याड्रिड आएका थिए । त्यसपछि रियलले त्यसै क्लबबाट ग्यारेथ बेललाई पनि भित्र्यायो । त्यसबेला रियल र टोटेनहमले दुवै क्लबले एक अर्कालाई सहयोग गर्ने भन्दै सहमति पनि गरेका थिए, तर रियलले एकतर्फी फाइदा लिएको भन्दै पछि तोडियो । एरिक्सनलाई रियलले खरिद गर्नुपार्दा २ सय ५० मिलियन युरो तिर्नुपर्ने टोटेनहमका अध्यक्ष ड्यानीएल लेभीले बताएका छन् ।
एरिक्सनको सन् २०२० सम्म टोटेनहममा सम्झौता रहेको छ । उनले अहिले नै नयाँ सम्झौता नगरे अर्को सिजन अन्तिम सिजन हुनेछ । यस्तो अवस्थामा उनले क्लब छोड्ने इच्छा देखाए टोटेनहमले सस्तोमा नै उनलाई बेच्नुपर्ने अवस्था आउन सक्छ ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]