default_image

6 years ago

November 30, 2018

आर्सनल अझै अपराजित, लिस्बनको ६ गोल

56 views

0 Bookmark

एजेन्सी – युरोपा लिग समूह ई अन्तर्गत पाँचौ चरणको खेलमा आर्सनल र स्पोर्टीङ लिस्बनले सहज जित दर्ता गरेका छन् ।

अपराजित रहेको आर्सनलले भोर्स्क्ला पोल्ताभालाई ३-० ले पराजित गर्यो । आर्सनलका लागि युवा खेलाडी एमिल स्मिथ-रोले ११ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । २७ औं मिनेटमा आरोन राम्जीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको ४ मिनेट बाँकी छँदा योसेफ विलोकले मोहमद एल्नेनीको पासमा गोल गर्दै ३-० को अग्रता बनाए ।

समूहको अर्को खेलमा स्पोर्टिङ लिस्बनले काराबागको घरेलु मैदानमा ६-१  को जित दर्ता गर्यो । लिस्बनका लागि ब्रुनो फर्नान्देस र अब्दुलाए डियाबीले २-२ तथा नानी र बास दोस्तले १-१ गोल गरे । काराबागका अब्देल्ला जौबिरले बराबरी गोल फर्काएका थिए ।

यस नतिजासँगै शीर्षस्थानको आर्सनल १३ अंक जोड्दै शीर्ष स्थानमा रहने पक्का भएको छ । लिस्बनले पनि ५ खेलमा १० अंक जोड्दै दोस्रो स्थानमा स्थान बनाएको छ । पुछारमा रहेका भोर्स्क्ला र काराबाग भने समान ३-३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएका छन् ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.