default_image

6 years ago

December 1, 2018

भिल्लाले न्यूयोर्क सिटी छाडे

70 views

0 Bookmark

न्यूयोर्क (एजेन्सी)– मेजर लिग सकरको एउटा ठूलो नामका रुपमा स्थापित डेभिड भिल्लाले न्यूयोर्क सिटी छाडेका छन् । सन् २०१० मा स्पेनले विश्व कप जित्दाका एक महत्वपूर्ण सदस्य भिल्लाले ४ वर्ष न्यूयोर्कमा बिताएका छन् ।

उनले खेल जीवनलाई निरन्तरता दिने बताएपनि अब कुन क्लबबाट खेल्ने भन्ने विषयमा भने बोलेका छैनन् । न्यूयोर्कबाट मेजर लिग सरकमा १ सय २४ खेलेका भिल्लाले ८० गोल गरेका छन् । भिल्लो बुधबार टोली छाड्ने घोषणा गर्ने क्रममा क्लबका मालिक, समर्थकहरुप्रति आभार व्यक्त गरेका छन् ।

‘म सबैलाई धन्यवाद दिन चाहान्छु । न्यूयोर्क फुटबल समूहले मलाई जुन मौका दियो त्यसका लागि धन्यवाद,’ भिल्लाले भने,‘उनीहरु विना मैले सफलता पाउन सम्भव थिएन । सञ्चारकर्मी प्रतिपनि आभार व्यक्त गर्नु चाहन्छु जसले मलाई माया र आदर दिए । ’

क्लब छाड्ने क्रममा उनले पहिलो दिनको पनि स्मरण गरे । न्यूयोर्कमा आफ्नो पहिलो सिजनमै उनले १८ गोल गरेका थिए । दोस्रो सिजनमा २३ गोल गरेका उनले सन् २०१६ मा एमएलएसको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए ।

सन् २०१७ मा उनले सबै प्रतियोगितामा गरि २४ गोल गरे । पछिल्लो सिजनमा २३ खेलमा पहिलो रोजाइमा परेका उनले १५ गोल गरेका थिए ।

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.