6 years ago
November 29, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार एटलेटिको म्याड्रिडले एएस मोनाकोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । घरेलु मैदानमा एटलेटिको २-० ले विजयी रहयो ।
एटलेटिकोले खेलको पहिलो हाफमा गरेको २ गोल नै जितको लागि पर्याप्त रहयो । घाइते रहेका डिएगो गोडीनको अनुपस्थितिमा कप्तानी गरिरहेका कोकेले दोस्रो मिनेटमा नै एटलेटिकोलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।
फरवार्ड एन्टोइन ग्रिज्मनले २४ औं मिनेटमा अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट फिनिस गर्दै एटलेटिकोलाई बलियो स्थितिमा पुर्याएका थिए । मोनाकोले खेलमा दबाब बनाउन नसकेपनि अन्तिम समयमा पेनाल्टी अवसर पाएको थियो । एटलेटिकोका पूर्व खेलाडीसमेत रहेका फरवार्ड राडामेल फाल्काओले उक्त पेनाल्टीमा गोल गर्न भने सकेनन् ।
समूहको अर्को खेलमा बोरुसिया डर्टमुन्ड बेल्जियमको क्लब ब्रुजसँग गोलरहित बराबरीमा रोकियो । यस नतिजाले जर्मन क्लब अर्को चरणमा प्रवेश गरेको छ । अब समूह विजेताको टुङ्गो भने अन्तिम खेलपछि मात्र लाग्नेछ । एटलेटिकोले ५ खेलमा १२ अंक जोडको छ भने डर्टमुन्डले १० अंक जोडेको छ । अन्तिम खेलमा मोनाकोले डर्टमुन्ड र एटलेटिकोले ब्रुजसँग खेल्नेछन् ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]