default_image

6 years ago

November 29, 2018

मेसीको जादुमयी प्रदर्शनमा बार्सिलोनाको जित

66 views

0 Bookmark

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसीले यस सिजन टोलीले च्याम्पियन्स लिगलाई प्राथमिकतामा राखेको बताएका थिए । बुधबार समूहको पाँचौ खेलमा पीएसभीविरुद्ध उत्रँदा उनले आफ्नो भनाइलाई पुष्टि पनि गरे । उनको जादुमयी प्रदर्शनमा बार्सिलोना अवे मैदानमा २-१ ले विजयी रहयो ।

बार्सिलोनाले यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । बुधबारको जितसँगै टोली शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्ने भएको छ । गोलरहित रहेको पहिलो हाफमा दुवै टोलीले गोलको मौका सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेनन् । बार्सिलोनाको डिफेन्सले कमजोर प्रदर्शन गरेपनि मेसीको प्रदर्शनले टोलीलाई जितसम्म पुर्यायो ।

मेसीले खेलको ६१ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । उनले ओस्मान डेम्बेलेको पासलाई पेनाल्टी क्षेत्रभित्र तीन डिफेन्डरको बीचबाट गोल गर्दै उत्कृष्ट गोल गरे । ७० औं मिनेटमा जेरार्ड पिकेलेअग्रता दोब्बर पारे । उनले मेसीको चलाखीपूर्ण फ्रिकिकलाई पोस्टको दिशा दिंदै जिततर्फ अग्रसर गराएका थिए । ८२ औं मिनेटमा पीएसभीका कप्तान लुक डे जोङले एक गोल फर्काए । तर पीएसभीले थप गोल गर्न नसक्दा बार्सिलोना विजयी रहयो ।

समूह चरणको एक खेल बाँकी छँदा बार्सिलोनाले दोस्रो स्थानको स्पर्ससँग ६ अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाको ५ खेलमा १३ अंक छ भने टोटेनहम र इन्टर मिलानको समान ७-७ अंक छ । १ अंक बोकेर पुछारमा रहेको पीएसभी प्रतियोगिताबाट बाहिरिसकेको छ ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.