6 years ago
November 29, 2018
वेम्वली (एजेन्सी) – वैकल्पिक खेलाडी क्रिस्टियन इरिक्सनको गोल मद्दतमा इंग्लिस क्लब टोटेनहमले इन्टर मिलानमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा बराबरीतर्फ धकेलिएको खेलमा इरिक्सनले ८८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाए । इरिक्सन ७०औं मिनेटमा इरिक लमेलाको स्थानमा मैदान प्रवेश गरेका थिए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको केही सुन्दर मौका खेर फालेको थिए ।
यो जितसँगै टोटेनहमले च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । अब टोटेनहमले समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनासँग खेल्दैछ । सोही दिन इन्टर मिलान र पीएसभीबीच खेल हुनेछ ।
यो समूहबाट बार्सिलोनाले नकआउट चरणमा स्थान बनाइसकेको छ । बार्सिलोनाको ५ खेलबाट १३ अंक छ । टोटेनहम र इन्टर मिलानको समान ७ अंक छ । गोलअन्तरमा टोटेनहम अघि छ । १ अंक रहेको पीएसभी समूह चरणबाटै बाहिरिएको छ । अब बार्सिलोनाविरुद्ध खेलमा जित हात पारे टोटेनहम अघिल्लो चरण प्रवेश गर्नेछ । बराबरी वा पराजित भएको अवस्थामा इन्टर मिलान र पीएसभीको खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]