default_image

6 years ago

November 29, 2018

नेपोलीद्वारा रेड स्टार बेलग्रेड पराजित

67 views

0 Bookmark

नेपोली (एजेन्सी) – इटालियन क्लब एसएससी नेपोलीले युइएफए च्याम्पियन्स लिग फुटबलमा सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई पराजित गरेको छ । नेपोलीले बेलग्रेडमाथि ३–१ को जित निकालेको हो ।


घरेलु मैदानमा नेपोलीलाई जिताउन ड्रीज मर्टेन्सले २ तथा मारेक हाम्सिकले एक गोल गरे । रेड स्टारका इल फार्डाेउ विनले सान्तवना गोल फर्काए । नेपोलीले खेलको खेलको ११औं मिनेटमा मारिकको गोलबाट अग्रता बनाएको थियो । ३३औं मिनेटमा ड्रीज मर्टेन्सले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

५२औं मिनेटमा मर्टेन्सले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा नेपोलीले खेलमा ३–० को आरामदायी अग्रता बनाएको थियो । ५७औं मिनेटमा इउल फार्डाेउले गोल गर्दैखेललाई ३–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली ३–१ ले विजयी हुन सफल भयो ।

अंक तालिकामा ५ खेलपछि नेपोली ९, पिएसजी ८ र लिभरपुल ६ अंक लिएर शीर्ष तीन स्थानमा छन् रेड स्टारको ४ अंक रहेको छ । यो जितसँगै नेपोलीले च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । नेपोलीले अब समूह चरणको अन्तिम खेलमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ । यो खेलमा जित वा बराबरी हात पारे नेपोली नकआउट चरणमा प्रवेश गर्नेछ । पराजित भएको अवस्थामा भने लिभरपुल अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

यही समूहको अर्काे खेलमा पीएसजीले रेड स्टारमाथि जित निकाल्दै नेपोली लिभरपुलसँग पराजित भए समूह चरणबाट बाहिरिनेछ । नेपोली लिभरपुलसँग पराजित तथा पीएसजी रेड स्टारसँग बराबरीमा रोकिएको अवस्थामा भने नेपोली अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

March 12, 2025

थ्री स्टार  विराट गोल्डकप च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं  रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल  सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको‌ यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]

March 12, 2025

फ्रान्सेली मिडफिल्डर काठमाडौं रेजर्समा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]

March 12, 2025

एसियन कप छनोट प्रशिक्षण- दोस्रो चरणमा २७ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको‌ तयारीमा जुटिरहेको छ। टोलीको‌ दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई‌ समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]

Success

Thank you for your time.