6 years ago
November 29, 2018
पेरिस (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हार बेहोरेको छ । लिभरपुल पीएसजीसँग २–१ ले पराजित भएको हो ।
पीएसजीका जुआन बर्नाट र नेयमार जुनियरले गोल गरे । लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।
घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति भएको खेलमा पीएसजीले खेलको १३औं मिनेटमा जुआनको गोलबाट अग्रता बनाएको थियो । बर्नाटले एमबाप्पेले दिएको क्रस पासलाई सदुपयोग गरेका थिए । ३७औं मिनेटमा पीएसजीले अग्रता दोब्बर पार्यो । नेयमारले एमबाप्पे र एडिन्सन काभनीसँग वान टु वान पासमा गोल गर्न सफल भएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा लिभरपुलले पेनाल्टी पायो । डि मारियाले साडियो मानेलाई बक्समा फल गरेको भन्दै रेफ्रीले लिभरपुललाई विवादास्पद पेनाल्टी दिए । जसमा जेम्स मिल्नर चुकेनन् । खेल पहिलो हाफमा २–१ मा सकियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि गोल गर्न नसक्दा पीएसजी २–१ ले विजयी हुन सफल भयो ।
जितसँगै पीएसजी समूह ‘सी’ बाट पीएसजीले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । पीएसजीले ५ खेलबाट समान २ जित र बराबर तथा १ हार बेहोर्दै ८ अंक जोडेको छ । समूह चरणको अन्तिम खेलमा पीएसजीले क्रेभेना जेभेजदासँग खेल्दैछ । यो खेलमा जित हात पारे पीएसजीले नकआउट चरणको यात्रा तय गर्नेछ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]