default_image

9 years ago

March 26, 2016

मलेसियामा बिमल र अन्जनको अनुपस्थितिमा नवयुगलाई झनै राम्रो साथ

145 views

0 Bookmark

मलेसिया यु-२२ विरुद्ध मैत्रीपूर्ण खेल खेल्न मलेसियाको सेम्बिलान पुगेको नेपालले आफ्नो ६ खेलाडीहरुलाई चोट र अन्य कारणले टोलीमा राखेको छैन |

Nawayug Shrestha and Bharat Khawas Nepal Football Tribhuwan Army Club

चोटका कारण रोहित चन्द र आदित्य चौधरी मैत्रीपूर्ण खेलका लागि उपलब्ध भएनन् भने बिक्रम लामा, अन्जन बिष्ट, अनन्त तामाङ र बिमल घर्ति मगर विदेशमा खेल्दै छन्| बिमल भने चोटका कारण अझैपनि नेपालमै बसेर विश्राम गरिरहेका छन्| यस्तो अवस्थामा वैकल्पिक खेलाडीहरुले अनुभव बटुल्न पाउनेछन् भने टोली पनि समग्रमा बलियो हुनेछ|

साग र बंगबंधुमा आक्रमणमा अन्जन, बिमल र नवयुगको तालमेल एकदम राम्रो देखिएको थियो| तर, अन्जन र बिमलको अनुपस्थितिमा अब नवयुगले नयाँ खेलाडीहरुमा भर पर्नुपर्नेछ| सम्भवत: उनको साथमा भारत खवास र प्रकाश बुढाथोकी खेल्ने सम्भावना बढ्दो छ| यी दुवै खेलाडी नवयुगको खेलशैली संग अवगत नै छन्|

 नवयुगकले २०१६मा गरेको अन्तराष्ट्रिय गोलहरू हेर्नुहोस:

सागको फाइनलमा भारत विरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर पनि फ्रिकिकमा बराबरी गोल र नवयुगको विजयी गोलमा असिस्ट दिएका प्रकाश घरेलु लिगमा थ्री स्टार बाट खेल्छन| विगत दुइ महिना देखि संगै प्रशिक्षण गर्दै आएकोले नवयुगको खेलसंग उनि जानकार छन्|

अर्का नयाँ खेलाडी भारत खवास र नवयुग श्रेष्ठ घरेलु लिगमा त्रिभुवन आर्मी क्लबबाट खेल्छन| अन्तराष्ट्रिय फुटबलमा नेपालबाट खेल्दै छुट्टै पहिचान बनाएका यी दुइ पहिलोपल्ट एकैसाथ नेपालको लागि खेल्दै छन्| घरेलु लिगमा एक अर्कालाई गोल गर्न मद्दत गर्दै आर्मीलाई दोश्रो स्थानमा पुर्याएका यी दुइ नेपालको लागि दरिलो हतियार बन्ने दाउमा छन्|

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.