6 years ago
November 28, 2018
लियोन (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च लिग वान क्लब लियोन युइएफए च्याम्पियन्स फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सिटी समूह ‘एफ’ को विजेता तथा लियोन उपविजेता बन्दै नकआउट चरणका पुग्न सफल भएको हो । सिटीले समूह चरणको ५ खेलबाट ३ जित समान १ बराबरी र हारबाट १० अंक जोड्यो । लियोनले समान ५ खेलबाटै ७ अंक जोड्यो ।
च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा सिटी र लियोनले २–२ गोलको बराबरी खेल्यो । घरेलु टोलीका लागि दुवै गोल म्याक्सवेल कर्नटले गरेका थिए । सिटीका एमरिक लापोर्टे र सर्जियो अग्विरोले गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५५औं मिनेटमा म्याक्सवेल कर्नटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । सिटीका लापोर्टेले ६२औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ८१औं मिनेटमा मेम्फिस डिपेको पासमा म्याक्सवेलले दोस्रो गोल गरेपछि पुन घरेलु टोलीले २–१ को अग्रता लियो । तर, त्यसको २ मिनेटपछि नै सिटीका अगुएरोले रियाद महारेजको पासमा बराबरी गोल फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यही समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले १० खेलाडीमा समेटिएको टीएसजी होफेनहेमलाई ३–२ ले पराजित गरेपनि नकआउट चरणका पुग्न सकेन । साख्तरको जितमा टाइसनले २ तथा इस्माइलीले एक गोल गरे । टीएसजीका एन्डरेज क्रामारिक र स्टेभन जुवेरले गोल गरे ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]