6 years ago
November 28, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जी को पाँचौ खेलमा रियल म्याड्रिडले एएस रोमालाई २-० ले पराजित गर्दै शिर्ष स्थानमा कब्जा जमाएको छ ।
मंगलबार भएको खेलमा रियल म्याड्रिडका लागि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफको अन्त्यतिर रोमाका मिडफिल्डर सेन्गिज उन्दरले अपत्यारिलो मिस गरेपछि रोमा अग्रता लिनबाट चुकेको थियो । उक्त मिसलाई च्याम्पियन्स लिगकै इतिहासमा खराबमध्यको एक रहेको जिकिर गरिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रियलले दोस्रो हाफको सुरुवातमै अग्रता बनाउन सफल भयो ।
खेलको ४७ औं मिनेटमा ग्यारेथ बेलले डिफेन्डर फेडेरिको फाजियोको गल्तिको फाइदा उठाउँदै रियललाई सुरुवाती अग्रता दिलाए । यो उनको पछिल्लो पाँच च्याम्पियन्स लिग खेलमा पाँचौ गोल थियो । ५९ औं मिनेटमा लुकास भाज्केजले दोस्रो गोल गर्दै रियलको जित पक्का गरे । जितसँगै अंक तालिकामा रियल शीर्ष स्थानमा रहने पक्का भएको छ । रोमा पनि दोस्रो स्थानमा रहँदै अर्को चरण पुगेको छ ।
रियलले यस सफलतासँगै लगातार १५ औं सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सन् २००३-०४ यता यस्तो सफलता हात पार्ने रियल एक्लो टोली हो । रोमाले पनि रियलविरुद्ध पछिल्लो चार खेलमा पराजित हुँदै कुनै गोल गर्न सकेको छैन ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]