6 years ago
November 28, 2018
एजेन्सी – क्रोएसियन फरवार्ड मारियो मान्जुकीचको निर्णायक गोलमा युभेन्ट्सले च्याम्पियन्स लिगअन्तर्गत समूह एचको पाँचौ खेलमा भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । यस नतिजासँगै भ्यालेन्सिया च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
इटालियन च्याम्पियन युभेन्ट्सले खेलको ५९ औं मिनेटमा खेलको एकमात्र गोल गर्न सफल भयो । भ्यालेन्सियाले रक्षात्मक खेल प्रस्तुत गर्दा युभेन्ट्सको स्टार आक्रमणलाई केहि दबाब पारेको थियो । जोआओ क्यान्सेलोले भ्यालेन्सियाको क्षेत्रभित्र क्रिस्टियानो रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले भ्यालेन्सियाका ग्याब्रिएल पाउलिस्टालाई छलाउँदै दिएको लो क्रसमा मान्जुकीचले सहजै गोल गरेका थिए ।
यो मान्जुकीचको पछिल्लो तीन खेलमा युभेन्ट्सका लागि तेस्रो गोल थियो । च्याम्पियन्स लिगमा भने पछिल्लो सिजन क्वाटरफाइनलमा रियलविरुद्ध गोल गरेपछिको पहिलो गोल हो । पहिलो हाफमा मान्जुकीच, रोनाल्डो र पाउलो डिबालाको जोडीले राम्रो प्रदर्शन गर्न सकेनन् । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपछि युभेन्ट्स विजयी रहेको हो ।
खेलको अन्तिम समयमा भ्यालेन्सियाले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । डियाखाबीले हेडरमा गरेको प्रयास हातमा लाग्दै गोल भएपछि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । यस नतिजासँगै भ्यालेन्सियाको च्याम्पियन्स लिगको यात्रा भने समाप्त भएको छ । यद्यपी समूहको अन्तिम खेलमा भ्यालेन्सियाले जुनसुकै नतिजा हात पारेपनि युरोपा लिग भने खेल्नेछ ।
यता युभेन्ट्सले भने च्याम्पियन्स लिगको समूह चरणमा खेलेका पछिल्ला ७ मध्ये ६ खेलमा गोल खाएको छैन । यस सिजन युभेले ५ खेलमा ४ जित र १ हारसँगै १२ अंक जोडेको छ र अंक तालिकामा शीर्ष स्थानमा छ । मंगलबारै योङ ब्वाइजलाई १-० ले हराएको म्यानचेस्टर युनाइटेडको १० अंक छ । भ्यालेन्सियाको ५ र योङ ब्वाइजको १ अंक रहेको छ ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]