default_image

6 years ago

December 1, 2018

‘लाम्पार्ड मेरा लागि उत्कृष्ट’– ड्रोग्बा

67 views

0 Bookmark

लन्डन (एजेन्सी)– चेल्सीका महान खेलाडी डिडिएर ड्रोग्बाले आफ्नो खेल जीवनमा प्रभाव पार्नेमध्ये फ्रान्क लाम्पार्ड एक रहेको बताएका छन् । ड्रोग्बा र इग्ल्यान्डका लाम्पार्डले ८ वर्ष स्टामफोर्ड ब्रिजमा बिताएका थिए । उनीहरु रहेका बखत चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

ड्रोग्बा र लाम्पार्डको एकआपसको साझेदारीमा प्रिमियर लिगमा ३६ गोल गरेका थिए । प्रिमियर लिगमा यो साझेदारी अहिले सम्म पनि तोडिएको छैन । वर्षौसँगै खल्दा आफुहरुले निकै महत्वपूर्ण क्षण बिताएको ड्रोग्बाले स्मरण गरेका छन् । उनले लाम्पार्डसँग खेलेका ८ वर्षको उच्च प्रशंसा गरेका छन् ।

‘एउटा खेलाडीका कारण मैले सोचे भन्दा राम्रो गरेको छु’ , उनले भने, ‘उनका कारण मैले धेरै गोल गरेको छु । उनी फ्रान्क लाम्पार्ड हुन् ।’ सबै प्रतियोगितामा गरि ड्रोग्बाले १ सय ६४ गोल गरेका थिए ।

‘हरेक दिनको प्रशिक्षणपछि हामी फेरि अभ्यास गथ्र्यौ,’ उनले स्मरण गरे , ‘त्यसले केहि अनुभव हुन्थ्यो । जसले खेलका दौरान सहज हुन्थ्यो । हामी गोलका लागि पनि एकअर्कासँग प्रतिस्पर्धा गथ्र्यौ । पास मिलाउनका लागि मैले उनीबाट धेरै सिके ।’ ४० वर्षे ड्रोग्बाले गत साता फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.