default_image

6 years ago

November 27, 2018

मेसी र रोनाल्डो बलोन डि’ओरको शीर्ष ३ मै नपर्ने सम्भावना !

57 views

0 Bookmark

एजेन्सी – यस वर्षको बलोन डि’ओरको शीर्ष ३ मा विश्वका दुई उत्कृष्ट खेलाडी बार्सिलोनाका लियोनल मेसी र युभेन्टसका क्रिस्टियानो रोनाल्डो दुवै नपर्ने सम्भावना बढेको छ । विगत १० वर्षमा यस उपाधि मेसी र रोनाल्डोले ५-५ पटक जितेका छन् ।

इटाली र फ्रान्सका पत्रिकाहरुका अनुसार यस पटक डिसेम्बर ३ मा हुने बलोन डि’ओरको शीर्ष ३ मा मेसी र रोनाल्डो नपर्ने सम्भावना बलियो छ । शीर्ष ३ मा क्रोएसियाका लुका मोड्रिच तथा फ्रान्सका राफायल भरान र किलियन एम्बाप्पे हुने सम्भावना धेरै रहेको बताइएको छ ।

च्याम्पियन्स लिग विजेता तथा विश्वकप उपविजेता लुका मोड्रिचलाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ । उनले अघिल्लो महिना ‘द बेस्ट’ खेलाडीको उपाधी पनि जितेका थिए ।

तर यस सिजन मोड्रिचले लिगमा सोचेअनुरुप प्रदर्शन नगरेकाले एम्बाप्पेको उपाधि जित्ने सम्भावना पनि रहेको छ । विश्वकपमा उत्कृष्ट युवा खेलाडी चुनिएका एम्बाप्पेले यस सिजन पनि निकै राम्रो सुरुवात गरेका छन् । ९ खेलमा एम्बाप्पेले ११ गोल र ४ असिस्ट गरिसकेका छन् ।

च्याम्पियन्स लिग र विश्वकप एकै सिजनमा जितेका भरान पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । बलोन डि’ओरको ३०-खेलाडीको सुचीमा रहेका एडेन हाजार्डले हालसालै भनेका थिए, “विश्वकपपछी मोड्रिचले जित्नेमा पक्का थिएं, तर रियलको खराब लयले गर्दा विश्वकप जितेका र लयमा रहेका एम्बाप्पे अहिले बलियो देख्छु ।”

यस वर्षको बलोन डि’ओरको कस्ले जित्ला?

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.