6 years ago
November 28, 2018
लन्डन (एजेन्सी)– चेल्सीका स्टार इडेन हाजार्डले यसपटकको बालोन डी ओर अवार्ड क्रोएसियाली मिडफिल्डर लुका मोड्रिचले जित्ने अनुमान गरेका थिए ।
तर, अहिले उनको अनुमान फेरिएको छ । उनले यसपटक क्रिस्टियानो रोनाल्डो वा केलियन एमबाप्पेमध्ये एकले जित्ने अनुमान गरेका छन् । यो सिजनको सुरुवात रोनाल्डो र एमबाप्पले उच्च प्रदर्शन गरेका कारण उनीहरुको सम्भावना बलियो रहेको हाजार्डको अनुमान छ ।
यसपटकको बालोन डी ओर कसले जित्दा भन्ने प्रश्नमा हाजार्डको जवाफ थियो, ‘मैले सुरुमा मोड्रिचले जित्ने अनुमान गरेको थिए । तर, यो सिजन रियल म्याड्रिडको सुरुवात राम्रो हुन सकेन । एमबाप्पले भने विश्वकप देखि नै उच्च प्रदर्शन गर्दै आइरहेका छन् । त्यसले उनको सम्भावना छ । फ्रान्सलाई विश्व कप दिलाउने मध्ये एमबाप्पे एक महत्वपूर्ण खेलाडी हुन् ।’
रोनाल्डोका विषयमा बोल्दै हाजार्डले भने, ‘बालोन डी ओर जित्ने रोनाल्डोको पनि सम्भावना छ । यद्दपी अनुमान गर्नु आफैमा सजिलो छैन ।’ बालोन डी ओर पछिल्ला एक दशकमा रोनाल्डो र लियोनल मेस्सीले मात्र जितेका छन् । विश्व कपयता मोड्रिडलाई अवार्डको मुख्य दाबेदारका रुपमा हेरिदै आएको छ । यसपटकको बालोन डी ओरको घोषणा डिसेम्बर ३ मा हुँदैछ ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]