default_image

6 years ago

November 27, 2018

भ्यालेन्सियाविरुद्ध बदला लिन रोनाल्डो तयार

55 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह एच को पाँचौ खेलमा मंगलबार स्पेनिस क्लब भ्यालेन्सियाको सामना गर्दैछ । आजको खेलले रोनाल्डोको लागि विशेष महत्त्व बोकेको छ ।

रोनाल्डोले युभेन्ट्सका लागि च्याम्पियन्स लिग डेब्युमा भ्यालेन्सियाविरुद्ध समूहको पहिलो खेलमा रातो कार्ड पाएका थिए । उनले भ्यालेन्सियाको घरेलु मैदानमा रातो कार्ड पाउँदा इटालियन क्लबमा सुखद सुरुवात गरका थिएनन् । तर उक्त रातो कार्डपछि भने रोनाल्डोले युभेको जर्सीमा आफ्नो पुरानै लय देखाउन थालिसकेका छन् ।

रोनाल्डो गत ट्रान्सफर विन्डोमा १ सय मिलियन युरोमा रियल म्याड्रिड छाडेर युभेन्ट्स आएका थिए । पछिल्लो तीन सिजन रियललाई लगातार च्याम्पियन्स लिग उपाधि जिताउँदा रोनाल्डो सर्वाधिक गोलकर्ताको सुचिमा शीर्ष स्थानमा रहेका थिए । रोनाल्डोलाई युभेले च्याम्पियन्स लिगको लागि नै भनेर अनुबन्धन गरेको पनि चर्चा चल्यो । तर प्रतियोगिताको पहिलो खेलमा नै रातो कार्ड खाएपछि उनले उत्तिकै आलोचना खेप्नुपर्यो ।

उक्त खेलमा उनले डिफेन्डर जेसन मुरील्लोलाई हल्का धकेलेपनि रेफ्रीले अभद्र व्यवहार भन्दै रातो कार्ड देखाएका थिए । उक्त रातो कार्ड रोनाल्डोको च्याम्पियन्स लिग इतिहासमा पहिलो रातो कार्ड थियो । उक्त खेलमा युभेन्ट्स रोनाल्डोबिना पनि २-० ले विजयी रहेको थियो । रोनाल्डोले एक खेल प्रतिबन्ध भएपछि म्यानचेस्टर युनाइटेडविरुद्ध भने दुवै खेल खेल्न पाए । उनले युनाइटेडले २-१ ले जितेको खेलमा गोल पनि गरे ।

रोनाल्डोले आफूलाई युभेन्ट्सको टोलीको मुख्य हतियारको रुपमा स्थापित गरिसकेका छन् । युभेले जारी सिजन सबै प्रतियोगितामा २८ गोल गरेको छ । जसमा ९ गोल र ५ असिस्ट रोनाल्डोकै नाममा छ । रोनाल्डोले युभेन्ट्सलाई लिगको १३ खेलमा अपराजित राख्दै ३७ अंकसम्म पुर्याएका छन् । यो इटालियन लिग इतिहासमा सर्वाधिक अंकको कीर्तिमान पनि हो ।

अंक तालिकामा युभेन्ट्स ४ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेडको ७ अंक छ भने तेस्रो स्थानको भ्यालेन्सियाले ५ अंक जोडेको छ । आजको खेलमा पराजित भएको खण्डमा भ्यालेन्सियाको दोस्रो चरणमा पुग्ने सम्भावना समाप्त हुनेछ । यतिमात्र होइन, अन्य नतिजा अनुकुल भए भ्यालेन्सियाले युरोपा लिगमा स्थान बनाउन नसक्ने अवस्था पनि आउँछ । त्यसैले पनि रोनाल्डो खेलका लागि थप तयार छन् ।

युभेन्ट्सले च्याम्पियन्स लिगको पछिल्लो खेलमा घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडविरुद्ध हार बेहोरेको थियो । हारका बाबजुद युभेन्ट्स अंक तालिकाको शीर्ष स्थानमा रहने होडमै छ । भ्यालेन्सियाविरुद्ध जित दर्ता गरे टोली अन्तिम १६ मा पुग्नेछ । भ्यालेन्सियालाई भने अर्को चरणमा पुग्ने आशा जिवितै राख्न जितको विकल्प छैन ।

युभेन्ट्सका लागि मिडफिल्डर द्वय एम्रे च्यान र सामी खेडिरा चोटका कारण खेलमा उपस्थित हुने छैनन् । आक्रामक खेलाडी फेडेरिको बर्नार्डेस्की पनि सामान्य चोटका कारण खेल्ने नखेल्ने टुङ्गो छैन । प्रशिक्षक मासिमिलानो एलेग्रीले यस खेलका लागि मान्जुकीचलाई बेन्चमा राख्दै डिबाला र रोनाल्डोलाई अग्रपंक्तिमा खेलाउने सम्भावना छ ।

भ्यालेन्सियाका लागि पूर्व रियल म्याड्रिड मिडफिल्डर डेनिस चेरेसेभ र क्रिस्टियानो पिचिनी चोटका कारण अनुपस्थित रहने छन् । ड्यानी परेहो, जोसे गया र कार्लोस सोलरले एक पहेंलो कार्ड खाइसकेको हुनाले बचेर खेल्नुपर्ने छ । अर्को चरणमा पुग्ने सम्भावना जीवित राख्न भ्यालेन्सियाले जित्नेपर्ने छ ।

Ronaldo

खेलको सम्पूर्ण जानकारी

प्रतियोगिता : यूईएफए च्याम्पियन्स लिग

खेल : युभेन्ट्स विरुद्ध भ्यालेन्सिया

खेल हुने समय : नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे (मंगलबार मध्यरात)

प्रत्यक्ष प्रसारण : सोनी टेन २, सोनी लिभ

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.