6 years ago
November 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै पल्सर सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा सरस्वती २-१ ले विजयी भएको हो ।
सरस्वतीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । कप्तान दीपेश श्रेष्ठको पासमा विनोद केसीले गोल गर्दै अग्रता दिलाएका थिए । तर सरस्वतीको अग्रता लामो समय टिकेन । सातौं मिनेटमा नै ब्रिगेड ब्वाइजले बराबरी गोल फर्कायो । विदेशी खेलाडीको तालमेलमा ब्रिगेड ब्वाइज खेलमा फर्केको थियो । काजिमले दिएको पासलाई अब्दुल करीमले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको सुरुवातमा नै सरस्वतीले पुन अग्रता लियो । ५२ औं मिनेटमा भिक्टरको क्रसलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका फ्रान्सिसले हेडरमार्फत गोल गरे । खेलको अन्तिम समयमा ब्रिगेड ब्वाइजले लगातार आक्रमणमा दबाब बनाएपनि गोल गर्न नसक्दा खेलमा फर्कन सकेन ।
यस जितसँगै सरस्वतीले ४ खेलमा ६ अंक जोडेको छ । सुरुवाती दुई खेलमा पराजित सरस्वतीले लगातार दुई खेल जित्दै अंक तालिकामा उकालो लागेको छ । यता पछिल्लो खेलमा एपीएफलाई हराएको ब्रिगेड ब्वाइज भने ४ खेलमा १ जित र ३ हार सहित ३ अंकमा छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]