6 years ago
November 27, 2018
बर्नली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा न्यु क्यास्टल युनाइटेडले बर्नलीलाई पराजित गरेको छ । न्युकासल युनाइटेडले बर्नलीलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो ।
सोमबार राति बर्नलीको घरेलु मैदान टर्फ मुरमा भएको खेलमा न्युकासलले आत्मघाती गोलबाट खेलको चौथो मिनेटमा नै अग्रता बनाएको थियो । बेन मिले विपक्षी खेलाडी फर्नान्डेजले करिव २० यार्डबाट गरेको प्रहार बेनलाई डिफ्लेक्ट हुदै गोलमा परिणत भएको थियो ।
२३औं मिनेटमा सियरान क्लार्कले गोल गरेपछि न्युकासलले खेलमा २–० को अग्रता बनायो । क्लार्कले माट रिट्चीको पासलाई सदुपयोग गरेका थिए । ४०औं मिनेटमा साम भोक्सले गोल गरेपछि खेल २–१ को अवस्थामा ल्याएको थियो । दोस्रो हाफमा थप गोल हुन नसक्दा न्युकासल २–१ ले विजयी हुन सफल भयो ।
जितपछि न्युकासल १३औं स्थानमा उक्लिएको छ । न्युकासलको १२ अंक रहेको छ । पराजित बर्नली ९ अंकसहित १७औं स्थानमा छ । ३५ अंक जोडेको म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा रहेको छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]