6 years ago
November 27, 2018
दुबई (एजेन्सी)– पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित फ्रान्सेली दुई स्टार ग्लोब सकर अवार्डअन्तर्गत उत्कृष्ट खेलाडीको मनोननयमा परेका छन् ।
विश्व कप विजेता फ्रान्सेली टोलीका एन्टोइन ग्रिजमन र केलियन एमबाप्पे मनोनयमा परेका छन् । ८ पटक मनोनयमा परेका रोनाल्डोले ४ पटक यो अवार्ड जितिसकेका छन् । रोनाल्डोले पछिल्लो दुई संस्करण यस उपाधि आफ्नो नाम गरेका थिए ।
विश्व कप विजेता फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प, रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनी, लिभरपुलका योर्गन क्लोप र युभेन्ट्सका मासिमालियानो एलिग्री उत्कृष्ट प्रशिक्षकको मनोनयमा परेका छन् ।
१० औं सस्करणको अवार्डको घोषणा जनवरीमा गरिने बताइएको छ । दुई इन्टरनेसनल स्पोर्टस कन्फ्रेन्सको अन्तिम दिन अवार्डको घोषणा गरिने जनाइएको छ । विभिन्न विद्याका १३ अवार्डमा मनोनयन सार्वजनिक भएका छन् ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]