6 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा रुस्लान थ्री स्टार क्लबले न्यू रोड टिम (एनअारटी) लाई २-० ले पराजित गरेको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले एनअारटीलाई पराजित गर्न निकै संघर्ष गर्नुपर्यो । थ्री स्टारले खेलको ७५ अौं मिनेटमा रन्जित धिमालको गोलमा अग्रता लिएको थियो । अाशीष बानले गोलरक्षक बिट भइसकेको अवस्थामा अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।
एनअारटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाएपनि रन्जितले रिबाउन्डमा सहजै गोल गरे । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रन्जितले ब्रिगेड ब्वाइज र मनाङ विरुद्ध भने पेनाल्टीमा गोल गरेका थिए । पहिलो खेलमा म्यान अफ द म्याच भएका अजित भने त्यसपछि दुई खेल बेन्चमा रहेका थिए ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडर मार्फत नै गोल गरेका थिए ।
जितसँगै थ्री स्टारले ४ खेलमा ९ अंक जोडेको छ । एनअारटी भने लगातार तेस्रो हारपछि ४ खेलमा १ अंकमै रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]