6 years ago
November 26, 2018
बोर्नमाउथ (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बोर्नमाउथलाई पराजित गरेको छ । लिग अन्तरगत आइतबार राति भएको खेलमा आर्सनलले बोर्नमाउथलाई २–१ ले पराजित गरेको हो ।
बोर्नमाउथमा भएको खेलमा आर्सनलले खेलको ३०औं मिनेटमा आत्मघाती गोलबाट खेलमा अग्रता बनाएको थियो । सिड कोलासिनाकको प्रहार बचाउने क्रममा जेफर्सन लेर्माले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
पहिलो हाफको इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा जोसुवा किङले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । जोसुवाले डेभिड ब्रोक्सको पासलाई सदुपयोग गरेका थिए ।
६७औं मिनेटमा पिएर इम्रिक औवामियाङले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । उनले कोलासिनाककै पासलाई गोलमा परिणत गरेका थिए । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि आर्सनलले थप गोल गर्न सकेन ।
जितपछि आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । आर्सनलको १३ खेलबाट २७ अंक पुगेको छ । पराजित बोर्नमाउथ २० अंकसहित आठौं स्थानमा छ । ३५अंकसहित म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा रहेको छ ।
आइतबार राति नै भएको अर्काे खेलमा हडर्सफिल्डले वल्भ्सलाई २–० ले पराजित गरेको छ । हडर्सफिडको जितमा दुवै गोल आरोन मोयले गरे ।
जितपछि हडर्सफिल्ड १० अंक जोडेर १४औं स्थानमा उक्लदा वल्भ्स १६ अंकसहित ११औं स्थानमा छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]