default_image

6 years ago

November 26, 2018

सेभिल्ला ला लिगाको शीर्षस्थानमा उक्लियो

64 views

0 Bookmark

एजेन्सी – रियल भालाडोलिडलाई पराजित गर्दै सेभिल्ला स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्ला १-० ले विजयी रहयो ।

खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडर मार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेभिल्लाले थप गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा गोलरक्षक थोमा वाक्लिकले उत्कृष्ट बचाउ गर्दै सेभिल्लाको ३ अंक जोगाएका थिए ।

शनिबार एटलेटिको म्याड्रिडको घरेलु मैदानमा बार्सिलोना र एटलेटिकोको खेल १-१ को बराबरीमा टुंगिएपछि सेभिल्लालाई शीर्षस्थानमा जाने अवसर जुरेको थियो । सिल्भाको निर्णायक गोलमा सेभिल्लाले उक्त अवसरको सदुपयोग गर्दै शीर्षस्थानमा उक्लिएको हो । हालसम्म एकपटक मात्र लिग उपाधि जितेको सेभिल्ला डिसेम्बर महिनाको सुरुवातसम्म लिगको शीर्षस्थानमा रहनेछ । सेभिल्लाले सन् १९४५-४६ सिजनमा लिग उपाधि जितेको थियो ।

लिग तालिकामा सेभिल्ला १३ खेलमा २६ अंक सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बार्सिलोनाले २५ अंक जोडेको छ । २४ अंकसहित एटलेटिको म्याड्रिड तेस्रो तथा २३ अक जोडेको अलाभेस चौथो स्थानमा छ । एस्पान्योल (२१) पाँचौ स्थानमा छ भने छैटौं र सातौं स्थानका रियल म्याड्रिड र जिरोनाको समान २० अंक छ ।

सेभिल्लाले अब बिहीबार हुने यूईएफए युरोपा लिगको खेलमा बेल्जीयन क्लब स्टान्डर्ड लिएज सामना गर्नेछ । त्यसपछि लिग अन्तर्गत नै आइतबार सेभिल्लाको भिडन्त आलाभेससँग हुनेछ । आलाभेसले शुक्रबार लेगानेससँग १-० ले पराजित भएपछि अंक तालिकाको शीर्ष स्थानमा जाने मौका गुमाएको थियो ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.