6 years ago
November 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यसहित पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र सीएमजी क्लब संकटा भिड्दैछन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो ११ बजे सुरु हुनेछ ।
लिगको सुरुवाती तीनै खेलमा जित दर्ता गरेको संकटा आफ्नो लयलाई निरन्तरता दिने सुरमा हुनेछ । टोलीमा रातो कार्ड पाएर पछिल्लो खेल गुमाएका फरवार्ड एलोन म्याक्सवेल पनि उपलब्ध हुनेछन् । यता आर्मीका लागि पनि पछिल्लो खेलमा चोटका कारण विश्राम लिएका फरवार्ड नवयुग श्रेष्ठ यस खेलमा पनि उपलब्ध रहने छैनन् । डिफेन्डर सुमन अर्याल पनि दोहोरो पहेंलो कार्डका कारण उपस्थित रहने छैनन् । यस खेलमा जित दर्ता गर्ने टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ ।
संकटा प्रशिक्षक सल्यान खड्गीले लिगमा राम्रो सुरुवात पाएपनि त्यसलाई निरन्तरता दिन ठूलो चुनौती रहने बताएका छन् । ‘हामीले लिगको सुरुवातमा शीर्ष ५ मा आउने लक्ष्य राखेका थियौं । फरवार्डले औसत प्रदर्शन गर्दा पनि लगातार तीन जित हासिल गरेका छौं । आर्मी बलियो टोली हो । बेन्चमा अनि उत्तिकै राम्रा खेलाडी छन् । हामीले नतिजा प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यता आर्मीका प्रशिक्षक नवीन न्यौपाने भने संकटालाई कमजोर नआँक्ने पक्षमा छन् । ‘संकटा राम्रो टोली हो । लगातर तीन जितले टोली उच्च मनोबलमा छ । हामीले सुरुवाती रोजाईका तीन खेलाडी गुमाएका छौं । यो हाम्रो लागि लय समात्ने अवसर पनि हो । खेलाडीहरुले यसको उपयोग गर्ने आशा राखेको छु,’ न्यौपानेले भने ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]