default_image

6 years ago

November 25, 2018

लिभरपुलको अपराजित यात्रा कायमै

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई पराजित गरेको छ । १० खेलाडीमा समेटिएको लिभरपुलले वाट्फोर्डलाई ३–० ले हराउँदै अपराजित यात्रा कायम राखेको छ ।

लिभरपुलको जितमा मोहम्मद सलाह, ट्रेन्ट एलेक्जन्डर अार्नाेल्ड र रोबर्टाे फिर्मिनोले गोल गरे । वाट्फोर्डको मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलले सबै तीन गोल दोस्रो हाफमा गरेको थियो । ६७औं मिनेटमा मोहम्मद सलाहले साडियो मानेको पासमा गोल गरेपछि लिभरपुलले खेलमा १–० को अग्रता बनायो ।

७६ औं मिनेटमा ट्रेन्टले गोल गरेपछि लिभरपुल २–० ले अघि बढ्यो । ८२ औं मिनेटमा लिभरपुल १० खेलाडीमा समेटिएको थियो । लिभरपुलका जोर्डन हेन्डरसन दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थिए । १० खेलाडीमा समेटिएपनि लिभरपुलले अर्काे एक गोल गर्न सफल भयो । ८९औं मिनेटमा रोबर्टाे फिर्मिनोले गोल गर्दै लिभरपुललाई जित दिलाए ।

जितपछि लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अग्रता २ अंकमा झारेको छ । अपराजित रहेको लिभरपुलको १३ खेलबाट ३३ अंक छ । वाट्फोर्ड २० अंक जोडेर नवौ स्थानमा छ ।

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

February 3, 2025

एपिएफ ‘बी’ र पुलिस स्कुलको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]

Success

Thank you for your time.