6 years ago
November 25, 2018
पेरिस (एजेन्सी) – मुख्य खेलाडीद्धय नेयमार जुनियर र केलियन एमबाप्पे विनै मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा साँघुरो जित दर्ता गरेको छ ।
पीएसजीले शनिबार राती घरेलु मैदानमा टुलुजलाई १–० ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा एडिन्सन काभनीले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बन्यो । यससँगै पीएसजीले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई १४ औं खेलसम्म कायमै राखेका छ ।
यस जितसँगै पिएसजीले १४ खेलमा शत प्रतिशत जित निकाल्दै ४२ अंक जोडेको छ । पीएसजी दोस्रो स्थानको लियोन भन्दा १५ अंकले अघि छ । पराजित टुलुज १४ अंक जोडेर १५औं स्थानमा छ ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दौरान चोट बोकेपछि नेयमार र एमबाप्पेले टोलुसोविरुद्धको खेल गुमाएका थिए । नेयमार र एमबाप्पेले बुधबार राति लिभरपुलविरुद्धको च्याम्पियन्स लिग खेलमा मैदानमा उत्रने सम्भावना छ ।
फ्रेन्च लिग वानमा मोनाकोले काइनलाई १–० ले पराजित गर्यो । मोनाकोको जितमा कप्तान राडामेल फल्काओले निर्णायक गोल गरे । जितपछि मोनाको १० अंक जोडेर १९औं स्थानमा उक्लिएको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर सडनडेथमा धरान एफसीलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि निर्णय सडनडेथबाट लिइएको थियो । सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल […]
March 12, 2025
दिपक बोहोरा, पाँचथर सानदार प्रदर्शन गर्दै मच्छिन्द्र एफसी पाँचौं पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीलाई बुधवार ३-१ ले मच्छिन्द्र उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा मच्छिन्द्रलाई जित दिलाउन विशाल घलान, स्टेफन र नवयुग श्रेष्ठले गोल गरे । खेलको २४औं मिनेटमा विशालको आकर्षक गोलबाट मच्छिन्द्रले सुरुवाती अग्रता लियो । प्रतिस्पर्धात्मक […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सरस्वती युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। सरस्वतीले आज बाँसबारी क्लबलाई २-१ ले हरायो। यो सँगै सरस्वतीले ३ अंक जोडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३३ औं मिनेटमा सविन लुंगेली मगरले गोल गरेपछि यो सरस्वतीले पहिलो हाफमा १-० कि अग्रता बनायो। ५१ औं मिनेटमा धिरेन्द्र बहादुर शाहले […]