6 years ago
November 25, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले वेस्टह्याम युनाइटेडलाई ४–० को फराकिलो अन्तरले पराजित छ ।
वेस्टह्याम युनाइटेडको मैदानमा सिटीलाई जिताउन लिरोए सानेले २ तथा डेभिड सिल्भा र रहिम स्टरलिङले गोल गरे । सिटीले ११औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता बनाएको थियो । १९औं मिनेटमा रहिमले लिरोए सानेको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा सानेको गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता बनायो ।
दोस्रो हाफमा सिटीले गोल गर्ने केही सुन्दर मौका खेर फालेपनि इन्जुरी समयमा सानेले गोल गर्दै सिटीलाई ४–० को फराकिलो जित दिलाए । जितपछि प्रिमियर लिगमा अपराजित रहेको सिटीले १३ खेलबाट ३५ अंक जोडेको छ । यसक्रममा सिटीले ११ जित र दुई बराबरीको नतिजा निकालेको छ । सिटीसँग पराजित वेस्टह्याम १२ अंकसहित १३औं स्थानमा छ ।
प्रिमियर लिगका अन्य खेलका नतिजा
ब्राइटन विरुद्ध लेस्टर सिटी (१–१)
एभर्टन विरुद्ध कार्डिफ सिटी (१–०)
फुलहम विरुद्ध साउथह्याम्टन (३–२)
म्यानचेस्टर युनाइटेड विरुद्ध क्रिस्टल प्यालेस (०–०)
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]