default_image

9 years ago

March 25, 2016

एन्फा विवाद मिलेन, विघठन गर्न राखेपको प्रस्ताव

141 views

0 Bookmark

काठमाडौं –

अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद समाधान तत्कालका लागि टरेको छ । नेपाली फुटबलको अन्तरिक विवाद बुझ्न विवाद समाधानको उपाय सुझाउन आएको एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधि मण्डल केही दिनमा लिखित निर्देशन दिने भन्दै बिहीबार मलेसिया फर्केको छ ।

anfa afc

एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक सञ्जिव बालासिघंम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलले एएफसी मुख्यालय फर्कनुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को धारणा बुझ्न सदस्य सचिव केशवकुमार विष्टलाई भेटेका थिए । विष्टले विवाद समाधान भन्दा पनि नयाँ ढंगले अघि बढ्न आवश्यक रहेको भन्दै एएफसी प्रतिनिधिसँग एन्फा विघठनको प्रस्ताव राखेका थिए । उनले अहिलेको विवाद समाधानका लागि स्वतन्त्र वा तदर्थ समिति गठन गर्ने र त्यसले जिल्ला देखि केन्द्रसम्मको निर्वाचन गरे एन्फाको विवाद समाधान हुने तर्क अघि सारेका छन् । ‘टालटुल गरेर विवाद टुंगिने देखिदैन । त्यसैले हामीले नयाँ ढंगले अघि बढ्न एन्फा विघटन गर्ने सुझाव दिएका छौं,’ विष्टले भने,‘ सबै पक्षको सहमतिमा सानो समिति बनाएर निर्वाचन गर्नु उत्तम विकल्प हो ।’

बुधबार एएफसी प्रतिनिधिले एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठसहित संस्थापन पक्ष र कर्मा छिरिङको नेतृत्वमा रहेको असन्तुष्ट पक्ष दुवैसँग छुट्टा छुट्टै छलफल गरेको थियो । एन्फाद्वारा बर्खास्त पदाधिकारी र सदस्यको पुर्नवहालीका विषयमा दुवै पक्षले आ आफ्नो अडान राखेपछि विवाद समाधान हुन सकेन । छलफलमा एन्फाको संस्थापन पक्षले साधारण सभाबाट विवाद समाधान गर्नुपर्ने र अर्को पक्षले पूर्नबहाली गर्नुपर्ने सर्त राखेको थियो ।

लगातार तीनवटा बैठकमा उपस्थित नभएको भन्दै एन्फाले असोज ११ गते निर्वाचित उपाध्यक्षत्रय कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्बाङ आउँदो साधारण सभा सम्मका लागि बर्खास्त गरेको थियो ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.