default_image

6 years ago

November 25, 2018

टोटेनहमसँग हारेपछि चेल्सीको अपराजित यात्रा टुंगियो

64 views

0 Bookmark

वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले चेल्सीलाई पराजित गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा टोटेनह्यामले चेल्सीलाई ३–१ ले पराजित गरेको हो ।

टोटेनह्यामलाई जिताउन डेल अली, ह्यारी केन र ह्युङ मिन सनले गोल गरे । चेल्सीका ओलिभर जिरुले सान्तवना गोल फर्काए । टोटेनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा घरेलु टोलीले खेलको आठौं मिनेटमा डेल अलीको गोलबाट अग्रता बनाएको थियो । उनले क्रिस्टियन इरिक्सनको पासलाई सदुपयोग गरेका थिए ।

१६औं मिनेटमा ह्यारी केनले क्रिस्टियन इरिक्सनकै पासमा गोल गरेपछि टोटेनह्यामले २–० को अग्रता बनायो ।

पहिलो हाफमा २–० ले अग्रता बनाएको टोटेनह्यामले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो । ५४औं मिनेटमा ह्युङ मिन सनले उत्कृष्ट गोल गरेपछि टोटेनह्याम खेलमा ३–० ले अघि बढेको थियो । उनले डेल अलीको पासलाई सदुपयोग गर्दै एकल प्रयासमा गोल गरेका थिए । ८५औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यो गोल सान्त्वना बन्यो ।

जितपछि टोटेनह्याम १३ खेलबाट ३० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा पहिलो हार बेहारेको चेल्सी २८ अंकसहित चौथो स्थानमा झरेको छ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.