default_image

6 years ago

November 25, 2018

युभेन्ट्सको जितमा रोनाल्डोको गोल

100 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा शीर्ष स्थानको युभेन्ट्सले अपराजित यात्रालाई कायम राख्दै एसपीएएललाई २-० ले पराजित गरेको छ । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डो र मारियो मान्जुकीचले १-१ गोल गरे ।

खेलको २८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले मिरालेम प्यानिचको फ्रिकिकलाई सदुपयोग गर्दै ६ यार्ड बक्स नजिकबाट सहजे गोल गरेका थिए । युभेन्ट्सले पोसेसनमा पकड बनाएपनि पहिलो हाफमा थप गोल गर्न भने सकेन ।

दोस्रो हाफको ६० औं मिनेटमा टोलीको कप्तानी सम्हालिरहेका मान्जुकीचले अग्रता दोब्बर पारे । रोनाल्डोले दिएको पासमा डग्लस कोस्टाको प्रहारलाई गोलरक्षक गोमिसले बचाउन नसक्दा फर्केर आएको बलमा उनले गोल गरेका थिए । ८१ औं मिनेटमा रोनाल्डोको प्रहर पोस्टभन्दा थोरै बाहिर गएको थियो । रोनाल्डोले जुआन क्वाडराडोको पासलाई उत्कृष्ट ढंगले नियन्त्रणमा लिएपनि प्रहार भने पोस्टको दिशामा जान सकेन ।

यस नतिजासँगै युभेन्ट्सको १३ खेलमा १२ जित र १ बराबरीसँगै ३७ अंक भएको छ । युभेन्ट्सले लिगको प्रत्यक खेलमा गोल गर्ने रेकर्डलाई कायम नै राखेको छ । दोस्रो स्थानमा रहेको नेपोलीको १२ खेलमा २८ अंक छ । नेपोलीले आइतबार किएभो भेरोनाको सामना गर्दैछ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.