default_image

6 years ago

November 24, 2018

एइबारसँग रियल म्याड्रिडको लज्जासपद हार

52 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड एइबारसँग फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोली एइबारले पहिलो हाफमा १ र दोस्रोमा २ गोल गर्दै ३-० को सहज जित दर्ता गरेको हो ।

एइबारको जितमा बार्सिलोनाको बी टोलीबाट लोनमा एइबार पुगेका मिडफिल्डर मार्क कुकुरेलाले उत्कृष्ट प्रदर्शन गरेका थिए । एइबारले खेलको १५ औं मिनेटमा गोन्जालो एस्केलेन्टेको गोलमा अग्रता लिएको थियो । किकेले प्रहार गरेको सटलाई गोलरक्षक थिबाउट कोर्टुवाले रोकेपनि रिबाउन्डमा एस्केलेन्टेले गोल गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरेर सम्भावित अफसाइड र फल हेरेपछि गोलको निर्णय भएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै एइबारले थप गोल गर्यो । राइट ब्याक अल्भारो ओड्रीओजोलाले बल मिस गरेपछि मिडफिल्डर कुकुरेलाले दिएको क्रसमा एन्रिचले गोल गरे । एन्रिचको प्रहार गोलरक्षक कोर्टुवाले बचाउने प्रयास गरेपनि उनलाई लाग्दै गोलमा परिणत भएको थियो । गोल खाएपछि प्रशिक्षक सोलारीले ओड्रीओजोलाको स्थानमा ड्यानी कर्भाजललाई उतारेका थिए ।

रियलले पाँच मिनेटपछि नै तेस्रो गोल खायो । एन्रीचले राफेल भारानलाई बिट गर्दै दिएको क्रस कर्भाजलले क्लियर गर्न नसक्दा किकेले सहजै तेस्रो गोल थपेका थिए । रियलले गोल फर्काउने केहि मौका प्राप्त गरेपनि त्यसमा सफल हुन भने सकेन ।

यसअघि ला लिगाको इतिहासमा एइबारले रियलविरुद्ध ३ गोल गरेको थियो । तर शनिबार भएको खेलमा रियलले तीन गोल खाँदै जारी लिगको पाँचौ हार बेहोर्यो । रियलले यसअघि एइबारविरुद्ध यस मैदानमा खेलेका सबै खेलमा जित दर्ता गरेको थियो ।

रियलले एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ५-१ को हार बेहोरेपछि जुलेन लोपेटेगुईलाई हटाउँदै सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । सोलारीले कार्यवाहकका रुपमा त्यसपछिका ४ खेलमा जित दिलाएपछि रियालले उनलाई २०२१ सम्को लागि पूर्ण प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । पूर्ण प्रशिक्षकका रुपमा पहिलो खेलमा नै प्रशिक्षक सोलारीले हार बेहोरेका छन् ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.