default_image

6 years ago

November 24, 2018

कर्णको दुई गोलमा शेर्पा विजयी

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्ण लिम्बुको दुई गोल मद्दतमा हिमालयन शेर्पा क्लबले ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको छ ।

हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा शनिबार भएको खेलमा कर्णले दुवै गोल दोस्रो हाफमा गरेका थिए । जावलाखेलले एकमात्र गोल उपहारस्वरुप पायो । खेलमा शेर्पाका आशिष गुरुङले आत्मघाती गोल गरे । जितसँगै अपराजित रहेको शेर्पाले ३ खेलबाट ७ अंक जोडेर चौथो स्थानमा उक्लन सफल भएको ।

निराशजनक बनेको पहिलो हाफमा शेर्पाले केही मौका पाएपनि गोल गर्न सकेको थिएन । खेलको पहिलो मिनेटमा नै शेर्पाले अग्रता लिने सुन्दर मौका खेर फालेको थियो । प्याट्रिकले अफसाइड विट ट्याप गरेपनि राम्रोसँग बललाई नियन्त्रणमा लिन नसक्दा बक्स भित्रैबाट गरेको प्रहार पोस्टबाट थोरै बाहिरियो । १८औं मिनेटमा विश्वास श्रेष्ठको फ्रिकिक क्रसबारबाट थोरै बाहिर गयो ।

२६औं मिनेटमा भिषण गुरुङले पेनाल्टी एरियामा पाएको बललाई सदुपयोग गर्न सकेनन् । उनको प्रहार आकासिएको थियो । ३६औं मिनेट भिषणले अर्काे मौका खेर फाले । जावलाखेलले उल्लेख्य आक्रमण बुन्न सकेन । ४३औं मिनेटमा फोफानाको पासमा सुशिल कुमार यादवले मौका पाएपनि शेर्पाका डिफेन्डर आशिष गुरुङले क्लियर गरिदिएका थिए ।

दोस्रो हाफको ६६औं मिनेटमा पेनाल्टी बक्समा विश्वासले प्रहार गरेको प्रहारलाई गोलरक्षक टेकेन्द्र थापाले बचाएपनि रिवाउन्डमा कर्णले सुन्दर गोल गर्दै शेर्पालाई खेलमा अग्रता दिलाएका थिए । ७५औं मिनेटमा विश्वासकै कर्नरमा कर्णले गोल गर्दै शेर्पालाई २–० को स्थितिमा ल्याएका थिए । ८५औं मिनेटमा गोलरक्षक किशोर गिरी र आशिष गुरुङबीच तालमेल नमिल्दा आत्मघाती गोल हुन पुगेको थियो ।

इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा त्रिदेव गुरुङको प्रहार क्रसबारमा लागेर फर्कियो । लगत्तै फोफाना फोडेले सुन्दर मौका खेर फाल्दा २–१ ले पराजित हुन पुग्यो ।

यस नतिजासँगै शेर्पा अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । शेर्पाले थ्री स्टारलाई उछिनेको हो । जावलाखेल भने अंकविहिन रहँदै पुछारमा रहेको छ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.