6 years ago
November 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा सरस्वती युथ क्लबले एनआइविएल फ्रेन्डस् क्लबविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ ।
हल्चोकस्थित एपिएफ क्लबको खेल मैदानमा सरस्वतीले विदेशी खेलाडी भिक्टरको गोलबाट सरस्वतीले अग्रता लिएको हो । भिक्टरले १३औं मिनेटमा गोलरक्षक प्रदिप भन्डारीले फालेको बललाई गोलमा परिणत गरेको थिए । त्यसअघि १३औं मिनेटमा फ्रेन्डसले गोल गर्ने मौका खेर फालेको थियो । सनिस श्रेष्ठको क्रसमा प्रेजेन तामाङको हेडरलाई गोलरक्षक प्रदिपले बचाएका थिए ।
खेलको तेस्रो मिनेटमा पेनाल्टी एरियाबाट किरण बोहराले निकै फितलो प्रहार गरे । ११औं मिनेटमा रुमेश बर्तौलाको क्रसलाई धिरज श्रेष्ठले भेट्न सकेसकेन। २४औं मिनेटमा फोफानाको फ्रिकिक क्रसबारबाट थोरै बाहिरिएको थियो ।
सरस्वतीले २६औं मिनेटमा अग्रता दोब्बर पार्ने मौका खेर फालेको थिए । दिपेश श्रेष्ठको क्रसमा अनमार्क रहेका फ्रान्सिसको प्रहार गोलरक्षक इब्राहिमले बचाएका थिए । रिवाउन्डमा भिक्टरको प्रहारललाई पनि गोलरक्षकले विफल पारे । ३८औं मिनेटमा फ्रान्सिसको प्रहार गोलरक्षक मोहम्मद करिमले बचाएका थिए ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]