6 years ago
November 24, 2018
एजेन्सी – अनुशासन तोडेको भन्दै पछिल्लो खेलमा बार्सिलोनाको टोलीबाट बाहिर राखिएका फरवार्ड ओस्मान डेम्बेले एटलेटिको म्याड्रिडविरुद्ध खेलका लागि बार्सिलोना टोलीमा फर्किएका छन् ।
बार्सिलोना प्रशिक्षक एर्नेस्टो भालभेर्डेले रियल बेटिसविरुद्ध खेलमा फ्रान्सेली युवा फरवार्डलाई बिना सूचना प्रशिक्षणमा सामेल नभएपछि टोलीमा राखेका थिएनन् । उनले अन्य सहकर्मीसँग पनि राम्रो व्यवहार नगरेपछि क्लबले उनलाई अन्तरिक कारवाही गरेको हो । पत्रकार सम्मेलनमा यसबारे प्रश्न सोध्दा भने प्रशिक्षकले खुलेर बोल्न चाहेनन् । यद्यपी उनले डेम्बेलेको व्यवहार सुधार्नुपर्ने भने बताए ।
‘ उनी टोलीका अन्य सदस्यजस्तै हुन् । हामी सबैले एक अर्कालाई सहयोग गरेर उत्कृष्ट प्रदर्शन गर्न प्रयास गर्ने हो । उनको बारेमा पछिल्लो समय निकै चर्चा भइरहेको छ किनकि एक साता खेल हुन सकेन,’ उनले भने, ‘ उनी अरुभन्दा केहि फरक भएकाले कठिन पक्कै छ । तर हामीले उनीबाट शत प्रतिशत मिहिनेतको आशा राखेका छौं । बार्सिलोना ठूलो क्लब हो र यहाँ पक्कैपनि नतिजाको लागि धेरै दबाब हुने गर्दछ ।’
भालभेर्डेले एटलेटिको म्याड्रिडविरुद्ध खेलको लागि डेम्बेलेलाई टोलीमा समावेश गरेका छन् । उनले अब मैदानभित्र त प्रदर्शन गर्नु छ नै । मैदानबाहिर पनि आफ्नो बानि सुधार्दै राम्रो सम्बन्ध विस्तार गर्नु जरुरि छ । उनले आफूलाई परिवर्तन नगरेको खण्डमा बार्सिलोनामा उनको भविष्य राम्रो देखिंदैन । उनलाई इंग्लिस क्लबहरुले पनि नजर राखेको अवस्थामा बार्सिलोनाले उचित प्रस्ताव पाए उनलाई बेच्न पनि सक्छ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]