6 years ago
November 24, 2018
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार एटलेटिको म्याड्रिड र बार्सिलोना आमनेसामने हुँदैछन् । म्याड्रिडमा हुने खेलमा एटलेटिको बार्सिलोना विरुद्ध जितविहिन यात्रालाई तोड्ने सुरमा हुनेछ ।
एटलेटिकोले लिगको पछिल्लो १६ खेलमा बार्सिलोनालाई हराउन सकेको छैन । यसअघि सन् २०१० फेब्रुअरीमा एटलेटिको विजयी रहेको थियो । एटलेटिकोले लिगअन्तर्गत घरेलु मैदानमा खेलेका पछिल्लो १६ मध्ये १२ खेलमा जित दर्ता गरेको छ । तर कप्तान डिएगो गोडीनको अनुपस्थितिले टोलीलाई केहि कठिन पक्कै हुनेछ । उनको स्थानमा स्टेफान साभिच टोलीमा आउनेछन् ।
बार्सिलोनाका मिडफिल्डर फिलिपे कोउटिन्हो यसै साता प्रशिक्षणमा फर्किएका छन् । इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगमा चोट बोकेपछि उनी मैदानबाहिर रहँदै आएका थिए । तर उनलाई टोलीमा भने समेटिएको छैन । पछिल्लो खेलमा रातो कार्ड पाएपछि मिडफिल्डर इभान राकीटिच यस खेलका लागि उपलब्ध छैनन् । उनको स्थानमा आर्टुरो भिडालले सुरुवाती रोजाइमा खेल्ने सम्भावना रहेको छ ।
अंक तालिकामा बार्सिलोना एटलेटिकोभन्दा १ अंक अगाडी छ । यो खेल जित्ने टोलीले शीर्ष स्थानमा अग्रता बनाउनेछ । दुवै टोलीले पछिल्लो समय कमजोर टोलीविरुद्ध अंक गुमाएका छन् । लिगमा औसत सुरुवात पाएका दुवै टोली अन्तर्राष्ट्रिय ब्रेकपछि सुखद नतिजा अँगाल्न चाहन्छन् ।
प्रतियोगिता : स्पेनिस ला लिगा
खेल : एटलेटिको म्याड्रिड विरुद्ध बार्सिलोना
मैदान : स्ताडियो वान्डा मेट्रोपोलीटानो, म्याड्रिड
नेपाली समय : आइतबार विहान १:३० बजे (शनिबार मध्यरात)
लाइभ : ला लिगाको फेसबुक लाइभ
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]