default_image

6 years ago

November 24, 2018

लियोन दोस्रो स्थानमा उक्लियो

63 views

0 Bookmark

लियोन (एजेन्सी) – लियोन फ्रेन्च लिग वान फुटवलको दोस्रो स्थानमा उक्लिएको छ । लिग वान अन्तरगत शुक्रबार राति भएको खेलमा लियोनले सेन्ट इटिनीलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।


घरेलु मैदानमा भएको खेलमा लियोनलाई झिनो अन्तरको जित दिलाउन जासोन डिनायरले गोल गरे । उनले खेलको ६२औं मिनेटमा मेम्फिस डिपेको पासलाई सदुपयोग गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलको केही मौका पाएपनि सदुपयोग गर्न सकेनन् ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लियोनको १४ खेलबाट २७ अंक पुगेको छ । लियोन अझै शीर्ष स्थानको पीएसजीभन्दा १२ अंकले पछि छ । पराजित भएको सेन्ट २३ अंकसहित पाँचौ स्थानमा छ । लिगको शीर्ष स्थानमा रहेको पीएसजीको १३ खेलबाट ३९ अंक छ । लिले २६ अंकसहति तेस्रो तथा मोन्टपिलर २५ अंकसहित चौथो स्थानमा छ ।

पीएसजीले आज दुई मुख्य खेलाडी नेयमार र एमबाप्पेविनै टोलुसोसँग प्रतिस्पर्धा गर्दैछ । खेल पीएसजीको घरेलु मैदानमा हुनेछ ।

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.