6 years ago
November 24, 2018
एजेन्सी (लन्डन) – फ्रान्सेली मिडफिल्डर एनगोलो कान्टेले लन्डन क्लब चेल्सीसँग सम्झौता नवीकरण गरेका छन् । कान्टेले चेल्सीसँग थप पाँच वर्षको लागि नयाँ सम्झौता गरेका हुन् ।
सम्झौता अनुसार कान्टे सन् २०२३ सम्म चेल्सीमा रहनेछन् । २७ बर्षिय कान्टे सन् २०१६ मा लेष्टर सिटीबाट चेल्सीमा अनुबन्ध भएको थिए । लेष्टरलाई सन् २०१६ मा प्रिमियर लिगको उपाधि जिताउन कान्टेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसलगत्तै चेल्सीलाई सन् २०१७ मा प्रिमियर लिगको उपाधि दिलाउन पनि कान्टेले प्रभावशाली प्रदर्शन गरेका थिए ।
‘पछिल्लो दुई वर्ष मेरो लागि निकै सुखद रह्यो । म अझै यस्तै सुखद क्षण चेल्सीमै बिताउन चहान्छु । जब म चेल्सी आएँ, मैले आफ्नो खेल क्षमताको मदतले चुनौती पन्छाउँदै टोलीको सफलता र केही व्यक्तिगतअवार्डहरु जित्न सफल भए । मलाई यो सहर र क्लब मनपर्छ । म अझै केही समय चेल्सीमै खुसी रहन चाहन्छु,’ सम्झौतापछि कान्टेले भनेका छन् ।
चेल्सीका निर्देशक मारिना ग्रानोभ्सकायाले पनि नयाँ सम्झौता पछि खुसी व्यक्त गरेकी छिन् । ‘जब कान्टे चेल्सीमा आए , हामीले राम्रो खेलाडीलाई सम्झौता गरेको अनुभव गरिसकेको थियौं,’ उनले भनिन् । कान्टेले चेल्सीबाट हालसम्म ८१ खेल खेल्दै ३ गोल गर्न सफल भएका छन् । २७ वर्षीय कान्टे फ्रान्सले रसिया विश्वकपको उपाधि जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका थिए । उनले फ्रान्सबाट ३६ क्याप जितेका छन् ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]