default_image

6 years ago

November 23, 2018

नेयमार र एमबाप्पेले लिभरपुलविरुद्ध खेल्ने सम्भावना

51 views

0 Bookmark

पेरिस (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दौरान चोट बोकेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डद्वय नेयमार र किलियन एमबाप्पेले लिभरपुलविरुद्धको च्याम्यिनस लिग खेल्ने प्रबल सम्भावना रहेको छ ।


पीएसजीका प्रशिक्षक थोमस टुचेलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चोट बोकेका फरवार्डद्वय नेयमार र एमबाप्पेले लिभरपुलविरुद्ध खेल्ने सम्भावना रहेको बताएका छन् । दुवै खेलाडीले शनिबार टोलुसोविरुद्धको लिग वान खेल भने गुमाउनेछन् ।

प्रशिक्षकले शनिबार नेयमार र एमबाप्पेलाई खेलाएर जोखिम नमोल्ने बताएका छन् । तर, उनीहरु बुधबार राति लिभरपुलविरुद्धको खेलमा उपलब्ध हुने प्रबल सम्भावना रहेको उनले बताएका छन् ।

ब्राजिलले क्यामरुनलाई १–० ले पराजित गरेको खेलमा नेयमारले खेलको आठौं मिनेटमा नै तिघ्रामा चोट बोकेका थिए । यता, एमबाप्पेले उरुग्वेलाई १–० ले पराजित गरेको खेलमा काँधमा चोट बोकेका थिए ।

पीएसजीले बुधबार राती च्याम्पियन्स लिगको खेलअन्तर्गत घरेलु मैदानमा लिभरपुलसँग खेल्दैछ । समूह ‘सी’ बाट नकआउट चरणमा प्रवेश गर्न लिभरपुल र पीएसजी दुवैलाई निश्चित जित आवश्यक छ । लिभरपुलको ६ अंक रहेको छ भने पीएसजीको ५ अंक छ । यो समूहबाट नेपोली ६ अंक जोडेर शीर्ष स्थान छ ।

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

February 3, 2025

एपिएफ ‘बी’ र पुलिस स्कुलको जित

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]

Success

Thank you for your time.